२०७८ फागुन ३० गते १३:०२ विकासन्युज
नेपाल बंगलादेश बैंक लिमिटेडको सञ्चालक इन्द्रबहादुर थापा सिजर्नी पावर डेभलपमेन्ट लिमिटेडको अध्यक्ष पनि हुनुहुन्छ । उहाँ गौरीशंकर पावर डेभलमेन्ट लिमिटेड, आईबी इनर्जी लिमिटेड, एपेक्स मकालु हाइड्रोपावर लिमिटेडको प्रबन्ध निर्देशक समेत रहनु भएको थापा धेरै अन्य धेरै कम्पनीको प्रवद्र्धक तथा सेयर लगानीकर्ता हुनुहुन्छ । खासै राम्रो प्रतिफल नदिए पनि लगानीकर्ताहरु किन जलविद्युत कम्पनीहरुको सेयरमा आकर्षित भएका छन् ? नेपाल बंगलादेश बैंकले किन नबिल बैंक नै रोज्यो ? यसबाट लगानीकर्तालाई के फाइदा छ ? प्रस्तुत छ यिनै विषयमा केन्द्रीत थापासँगको विकास वहस ।
तपाईले कति वटा कम्पनीमा लगानी गर्नु भएको छ ?
नेपालमा स्टक ट्रेडिङ सुरु भएदेखि नै आइपिओमा लगानी गरेँ । त्यसपछि सेकेन्डरी बजारमा आफनो हैसियत अनुसारको सानो तिनो लगानी गर्दै गरेको हुनाले मलाई पनि थाहा छैन । कति वटा कम्पनीमा लगानी छ । धेरै थोरै गरेर धेरै वटा कम्पनीमा लगानी चाहिँ होला ।
एउटा लगानीकर्तालाई कतिवटा कम्पनीमा यति शेयर छ भन्ने ज्ञान पनि हुदैन र ?
त्यस्तो भन्दा पनि जम्मा समग्रमा कति लगानी गरेको छ भन्ने चाहिँ हुनसक्छ । तर आज किनिन्छ, भोलि बेचिन्छ, फेरि कुनै नयाँ किनिन्छ, कुनै बेचिन्छ । त्यसकारण कुनै दश/बिस कित्ता, कुनै लाख कित्ता पनि हुनसक्छ । त्यसकारणले कति कित्ता कति कम्पनीको छ भन्ने कुरा चाहिँ सधैं फेरि रहने बिषयबस्तु भाको हुनाले परिर्वतन भइरहन्छ ।
तपाईंसँग कति मूल्य बराबरको शेयर छ ?
मैले पनि आँकलन गरेको छैन । ऋणहरू पनि हुन्छन । अरु दायित्वहरू पनि हुन्छन । त्यसकारण ठयाक्कै कति छ भनेर भन्न चाहिँ अलिक गाह्रो हुन्छ ।
लगानीबारे खुलाउँदा कुनै जोखिम छ ?
जोखिमको बिषय भन्दा पनि कतिपय कुराहरू सार्वजानिक गर्न नहुने कुराहरू हुनसक्छ । सार्वजानिक गरिरहने कुरा पनि हँुदैन । दिनपर्ने कुराहरू त दिइनैहाल्छौ । सार्वजानिक गर्न अलिक अप्ठेरो पनि हुन्छ ।
तपाईं कति वटा कम्पनीमा नेतृत्वदायी भूमिकामा हुनुहुन्छ ?
नेतृत्वदायी भूमिकामा माथिल्लो निकाय भनेको सञ्चालक समिति हो । सञ्चालक समितिमा नेपाल बङलादेश बैंक लिमिटेड बोर्ड सदस्य छु । त्यसपछि सूचीकृत कम्पनी सिनर्जी पावर डेभ्लोप्मेन्ट लिमिटेडमा म अध्यक्ष छु । त्यसपछि केही हाइड्रोपावर कम्पनीका बोर्ड सदस्य छु ।
हाइड्रोपावर शेयर पछिल्लो समय बजारमा लगानीकर्ताको नजरमा निकै आकर्षक मानिन्छ, किन ?
एक वर्ष अगाडि हेर्ने हो भने हाइड्रोपावरमा सुचिकृत कम्पनी निकै थोरै थिए । पाँच वर्ष अगाडि हेर्ने भए तीन चार वटा कम्पनी बाहेक थिएन होला । अहिले चाहिँ थुप्रै कम्पनीहरू सूचिकृत आए । बजार कस्तो देखिरहेको छ भने जुन कम्पनीको सप्लाइ कम हुन्छ त्यो कम्पनी ट्रेडिङ बढी हुन्छ । यो दीर्घकालिन लगानीको हिसाबले चाहिँ राम्रो होइन । ट्रेडिङको हिसाबले माग र आपूर्तिले कारोबार भइरहेको त्यही अनुसार मूल्य पनि बढिरहेको छ । पिई हेर्ने हो भने बैंकहरूको मूल्य १५÷२० मा बसिरहेको छ । हाइड्रोपावरको साठी, सत्तरी, असी अथवा इन्सुरेन्स कम्पनीहरूमा सयभन्दा माथिसम्म बसिरहेको छ । त्यसकारण जुन कम्पनीको सीमित सप्लाई छ त्यो कम्पनीमा मान्छेको ट्रेडिङ आकर्षण हुँदोरहेछ ।
सिनर्जीको सेयर प्रतिकित्ता पाँच सयको हाराहारीमा कारोबार भैरहेको छ । यो मूल्य जायज हो ?
सिनर्जी पावर डेभलपमेन्टमा लामो समयदेखि विभिन्न समस्याहरू थियो । एउटा त भूकम्पले निकै क्षतिग्रस्त भएकोले एक डेढ वर्ष पछि पूर्नस्थापना गरेर हामीले सञ्चालन गरेका छौं । त्यसपछि ट्रान्समिसन लाइनको समस्या थियो । त्यो समस्यालाई पनि हामीले यसपालीबाट समाधान गरेका छौं । उत्पादन भइरहेको जति विद्युत हामीले बेच्न पाइरहेको थिएनांै । यस वर्ष पनि सिजन अनुसार असार, साउन र भदौमा पनि सबै बेच्न सकेनौं । अब चाहिँ यो समस्या रहँदैन । हामीले हल गरिसकेको छांै । त्यस हिसाबले हाम्रो आम्दानी यो सालबाट बढ्न पनि सक्छ । त्यसबाहेक अहिले हामीले सिनर्जीपावर डेपलोप्मेन्टको शेयर धनीहरूलाई लाभ दिन अर्को योजना बनाउनु पर्छ भनेर हामीले २२ मेघावाटको योजना अगाडी बढेको छ । २२ मेघावाटमा ४० प्रतिशत सिनर्जीले लगानी गरेको छ । यो निकै राम्रो योजना छ । एपेस मकालु हाइडोपावर योजनामा हामीले चालीस प्रतिशत लगानी गरेको छौ । अहिले निर्माणको चरणमा छ । त्यसको रेभिन्यु हेर्दा सिनर्जी पावरको भन्दा बढी हुन्छ । त्यसको लगानीको स्रोतको लागि हामी राइट शेयरमा पनि जादैछौं । त्यसले अहिलेको मूल्यलाई जस्टीफाई गर्छ ।
कम्पनीले लगानीलाई कति लाभांश दिन्छ होला ?
सिनर्जी पावरले कमाएको शेयरबाट प्रति शेयर रु १० दिन सक्छ । अर्को दुई योजना दुई वर्षभित्र पूरा गर्ने लक्ष्य लिएका छौं । त्यो योजना पूरा गर्न सकियो भने ५० प्रतिशत पूँजी लगानी गरे पछि ५० प्रतिशत नै अतिरिक्त शेयरहरूबाट फाईदा हुन्छ ।
नविल बैंकले नेपाल बंगलादेश बैंक एक्वाएर गर्दैछ । जुन मूल्यमा बङगलादेश बैंक नविल बैंकमा मर्ज हुदैछ, त्यो सन्तृस्ट गर्न लायक छ ?
नेपाल बङगलादेशको १०० शेयर बराबर ४३ वटा शेयर चाहिँ नविल बैंकको शेयर नेपाल बङगलादेशको शेयर धनीहरूले पाउने भनेर मोटामोटी सैद्धान्तिक सहमति गरेका छौं । यसमा दुई वटा कुरा छ । एउटा राष्ट्र बैंकले दिएको दिशानिर्देश अनुसार डिडिएले निकालेको मूल्य हाम्रो सहमति भन्दा १० प्रतिशत तलमाथि भए मात्रै हामी फेरी नयाँ स्वाप रेसियो हुन्छ ।
अर्को कुरा सबै भन्दा ठूलो कुरा चाहिँ बङ्लादेश बैंकको लगानीकर्ताको अधिकारको कुरा हो । त्यो सबै प्रक्रिया सकेपछि हामी विशेष साधारणसभामा जान्छौ । त्यसले पास गरेपछि मात्र लागू हुन्छ ।
तपाईंले मर्जको लागि नविल बैंक नै किन रोज्नु भो ?
बङगलादेश बैंकमा ४१ प्रतिशत विदेशी लगानीकर्ता छ । विदेशी लगानीकर्ता भएकोमा उहाहरूको इच्छाविना मर्ज गर्न सकिदैन । उहाँहरू इच्छुक हुनुहुन्थेन त्यसकारण हामीले कसैसँग पनि यो कुरा चलाको छैनौ । अहिले चाहिँ नविल बैंकको प्रमोटरसँग किनबेचको कुरा पनि चलेको रहेको छ । किनबेचको कुरा पछि होला तर पहिले मर्ज गरौ भन्ने कुरामा सहमति भएर मर्ज गर्न लागेको हौ ।
तपाई लामो समयदेखि नेपाल बंङगलादेश बैंकको सञ्चालक हुनुहुन्छ । यो बैंकलाई टिकाइराख्न नसक्दा कस्तो अनुभूति भैरहेको छ ?
नेपाल बंङगलादेश बैंक अगाडि बढ्न सकेन । किनभने बङगलादेश बैंकमा ५० प्रतिशतको दरले बङ्गाली साझेदारहरू आउनु भयो । उहाँहरूबाट हाम्रो राष्ट्रले जे अपेक्षा गरेको थियो, त्यो भएन । विदेशी पूँजी, विदेशी प्रविधि, विदेशी सीप, यी तिन कुराको आस गरेको थियौं । पूँजी चाहिँ आयो तर अरु आएन ।
२०६५ सालमा उहाँहरूले सञ्चालन गर्दा गर्दै समस्याग्रस्त भयो । त्यसपछि राष्ट्र बैंकले टेककभर गर्यो । राष्ट् बैंकले लगानीकर्तालाई व्यवस्थापन हस्तान्तरन गरेपछि म सञ्चालक भएको हो । त्यतिबेला २७ प्रतिशतको सेरोफेरोमा एनपीए थियो । त्यो एनपीए व्यावस्थापन गर्दा गर्दै केही वर्ष हामीलाई लाग्यो ।
यो बैंकले खुट्टा टेक्न नै धेरै समय लाग्यो । र, २०६९/२०७० बल्ल सेयरधनीलाई लाभांश दिन थाल्यौ । बैंक सञ्चालन भएको झन्डै १५ वर्ष सम्म हामीले शेयर धनीहरूलाई केही पनि दिन सकेनौ । समग्रमा हामीले जति अपेक्षा गरेका थियौं, त्यो अनुसार व्यवसाय विस्तार गर्न पनि सकेनौं । बैंकहरुको संख्या पनि धेरै भए । राष्ट्र बैंकको चाहाना पनि मर्जमा जाने, संख्या घटाउने भन्ने रह्यो । सबै परिस्थितिलाई नियालेर हामी मर्जमा जान लागेका हौं ।
बङगालीहरूले किन यो बैंक छोड्ने निश्कर्षमा पुगे ?
एक त बङगलादेश हामी जस्तै हो । उहाँहरूले जुन हिसावले लगानी गरेको हो, जुन हिसाबले प्रतिफल हुने अपेक्षा थियो, त्यो भएन । २७ वर्ष पुरानो बैंकमा उहाँहरूले जति लगानी गरेर जति प्रतिफल लानु भो सुरुमा गरे अनुसारको प्रतिफल पाउनु भएन । त्यसकारण यहाँबाट लगानी निकाल्नु पर्ने रैछ ठन्नु भो होला ।
यो शेयर बेच्ने कुरा क्रममा पनि त बङगालीहरूले सनराइज बैंकको प्रमोटरसँग साझेदारी गरेको कुरा बाहिर आयो । फेरी पछि नविल बैंकसँग मर्जको प्रक्रिया अगाडि बढ्यो । यस विषयमा मुद्दा मामिला चलिरहेको छ । किन यस्तो समस्या भयो ?
मैले जाने अनुसार के हो भने एउटा प्रमोटरले अरुलाई बेच्छ भने सञ्चालक समितिमा आउनु पर्छ । सञ्चालक समितिमा नआएको विषयलाई उहाँहरूले बेच्दै हुनुहुन्छ भन्ने कुरा हामीलाई जानकारी हुँदैन । सनराइज बैंकको समूहलाई उहाँहरूले बेच्न खोज्नु भएको कुरा म सञ्चालक समितिको सदस्य भएको हैसियतले मेरो सञ्चालक समितिमा कहिले पनि त्यस्तो कुरा आएको थाहा छैन ।
हामीले यति शेयर बेच्दै छौ भनेर सूचना नै सार्वजानिक गरेको होइन र ?
उहाँहरूले बेच्ने कुरा गर्नुभयो । हामीले प्रमोटरहरू तपाईहरू को किन्नु हुन्छ, आउनुहोस् भनेर सञ्चालक समितिले निर्णय गरेर सूचना निकाल्यौं । सूचना निकालि सकेपछि एक्जेस्टिङ प्रमोटरहरूले हाल्नु पनि भो । त्यसको निश्चित प्रक्रिया पनि हुन्छ । त्यो पूरा गर्न उहाँहरू सफल नभएको निष्र्कष निस्क्यो । त्यही अनुसारको राष्ट्र बैंककबाट पनि निर्देशन प्राप्त भयो । त्यो अनुसार फेरी अरुलाई बेच्न सक्ने अवस्था छ अहिले ।
एउटाले भन्दा अर्कोले बढी मूल्य तिरेको कारणले फरक परेको होइन ?
त्यस्तो पनि होइन तर यहाँले सोधिहाल्नु भो मलाई । एउटा कुरा चाहिँ मैले के भन्नु पर्छ भने सनराइज बैंक अध्यक्ष मोतीलाल दुगडबाट चाहिँ के आको थियो भने –‘हामीले उहाँहरूसँग सटेन मूल्यमा नेगोसेसन गरेका छौं । त्यसको कागज यो हो । यो अनुसार दिलाई पाऊ’ भन्नु भाथ्यो । त्यो चाहिँ गत २०२१ अप्रिलको कुरा हो । उहाँहरूले त्यो बेला गरेको ड्राफको एमओयू पनि पेस गर्नु भाथ्यो जसमा हस्ताक्षर चाहिँ थिएन । अचम्मको कुरा त के छ भने नेपालको एक्जेस्टी कानुुन अनुसार जो मान्छेले त्यो शेयर लिन एमेयु गरे भन्नु भो, एक जना मान्छे जो चाहिँ अर्को बैंकको १० प्रतिशत भन्दा माथि शेयर धनी हुनुहुन्छ, यसको बैंकको ४० प्रतिशत शेयर किन्न इलिजिबल नै हुनुहुन्न । अर्काे कूरा नेपालको एकजेस्टी कानून अनुसार कुनै पनि बैकको प्रमोटर शेयर, प्रमोटर शेयरको पहिलो प्राथमिकता हुन्छ, अरुलाई हुदैन ।
त्यो मोतिलाल दुगडहरूले खरिद गरेको जुन प्रक्रिया चाहिँ बंगलादेश बैंकले साबिकका संस्थापकहरूलाई शेयर किन्न अपिल गर्नु भन्दा अगाडिको प्रोसेस रैछ ?
अगाडिको प्रोसेस हो । हामीलाई जे डकुमेन्ट प्राप्त भो त्यो चाहिँ हामीले जुलाई २४ मा सूचना निकाल्नु भन्दा अगाडिको रहेछ ।
नविलमा मर्ज भैसकेपछि बंगलादेश बैंकका सेयरधनीलाई के फाईदा हुन्छ ?
शेयरधनीले मुख्य हेर्ने भनेको लाभांश हो । नविल बैंकको विगतलाई हेरेर दुई/चार वर्ष अध्यायन गर्यौ भने ३० प्रतिशत ४० प्रतिशतको हाराहारीमा उनीहरूले चाहिँ लाभांश पाइरहेका छन् । जबकी हाम्रो १० प्रतिशतको हाराहारीमा छ । हामीले नबिलमा ४३ प्रतिशत पाएर त्यहाँ गयौं र हामीले त्यहाँ ३० प्रतिशत पायौ भने अहिलेको भन्दा राम्रो फाइदा पाउछौं । ट्रेडिङकै हिसाब गर्नुहुन्छ भने अहिले हाम्रो सेयर प्रतिकित्ता ४०० मा बन्द भएको छ । नविल बैंकको ११०० को हाराहारीमा छ । ४३ प्रतिशत गर्दा खेरी ५०० हाराहारीमा हुन्छ । एउटा पब्लिक शेयर ५०० को हुनेभो त्यसमा १०० फाईदा भयो । त्यस हिसाबले हाम्रो शेयर धनीलाई फाइदा नै हुन्छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.
FOR LONG TIME HYDRO SHARES IS NOT SO GOOD , SEE BPC SHARES CONDITION.C