२०७८ चैत २ गते १५:४६ विकासन्युज
काठमाडौं । एनसेल आजियाटाले फागु पुर्णिमाको अवसरमा मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै गज्जबको दैनिक जीबी प्याक अन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ । यसका साथै कम्पनीले दैनिक जीबी डेटा प्याक अन्तर्गत संचालनमा रहेका प्याकहरूमा पनि भोल्युम बढाएको छ ।
ग्राहकले अब कर सहित मात्र १२९ मा ७ जीबी अल टाइम डेटा प्याकको फाइदा लिँदै प्रति दिन ७ दिनसम्म १ जीबी डेटा प्रयोग गर्न सक्नेछन् । त्यसैगरी १४ जीबी अल टाइम डाटा प्याक मात्र १९९ मा लिएर ७ दिनसम्म दैनिक २ जीबी डेटा प्रयोग गर्न सक्नेछन् ।
यी दुई दैनिक जीबी डेटा प्याक बाहेक एनसेलले आफ्ना ग्राहकका लागि पहिला नै संचालनमा रहेका डेटा प्याकहरुमा डेटा भोल्युम पनि बढाएको छ । यस अन्तर्गत ग्राहकहरुले पहिले कै मुल्यमा थप भोल्युम सहितको डेटा प्याकबाट फाइदा लिन सक्नेछन् । भोल्युम बढाइएको डेटा प्याक अन्तर्गत ग्राहकले मात्र १६९ मा १०.५ जीबी डेटा खरिद गरी दैनिक १.५ जीबी डेटा ७ दिनसम्म प्रयोग गर्न सक्नेछन् । पहिला यही शुल्कमा ग्राहकले दैनिक १ जीबीका दरले ७ दिनसम्म कुल ७ जीबी पाइरहेका थिए ।
अलि धेरै डेटा भोल्युम चाहिने ग्राहकले अब मात्र २६९ मा २१ जीबी डेटा हरेक दिन ३ जीबीका दरले ७ दिनसम्म प्रयोग गर्न सक्नेछन् । यस अघि ग्राहकले सोहि मुल्यमा १४ जीबी डेटा हरेक दिन २ जीबीका दरले ७ दिनसम्म पाइरहेका थिए । त्यसैगरि एनसेलका ग्राहकले अब मात्र ५९९ मा ४२ जीबी डेटाको फाइदा लिन सक्नेछन् जस अन्तर्गत ग्राहकले हरेका दिन २८ दिनसम्म १.५ जीबी डेटा प्रयोग गर्न सक्नेछन् ।
यी नयाँ तथा परिमार्जित प्याकहरु आज बुधबार (चैत्र २) बाट सञ्चालनमा ल्याइएका हुन् । प्रिपेड ग्राहकले एष्ट्रिक्स१७१२३एष्ट्रिक्स१ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार सुचारु गर्न सक्नेछन्। त्यस्तै ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत पनि यी प्याकहरु खरिद गर्न सक्नेछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.