इन्टरनेट डेटाको शुल्क घटाउँदै नेपाल टेलिकम

  २०७८ चैत ४ गते १९:०७     विकासन्युज

काठमाडाैं । नेपाल टेलिकमले डेटाको शुल्क घटाउने तयारी गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल टेलिकमकी नायव प्रबन्ध निर्देशक संगीता पहाडीले यस्तो जानकारी दिएकी हुन् ।

ब्याण्डवीथको मूल्य नै महंगो पर्ने भएकाले फिक्स इन्टरनेटको मूल्य भने महंगो पर्न गएको तर त्यसमा पनि पुनर्विचार गर्न आफूहरु तयार रहेको उनले बताइन् । नायव प्रबन्ध निर्देशक पहाडीले वायरलेस डेटाको मूल्य भने कोभिडको कारणले पनि घटाउनु परेको बताइन् ।

कोभिडका कारण दुई वर्षको अवधिमा वायरलेसवाला डेटाको मूल्य सय प्रतिशतबाट २५ प्रतिशतमा झारिएको उल्लेख गर्दै उनले त्यसलाई महंगो भन्न नमिल्ने तर्क गरिन् ।

‘वायरलेस डेटा प्याकेजमा नलिएको हुनाले महंगो भनिएको हो कि ? नत्रभने मलाई लाग्छ यो वायरलेस डेटाको कष्ट चाँही १०० प्रतिशतबाट २५ प्रतिशतमा झरिसकेको छ । यो कोभिडको कारणले गर्दाखेरी पनि गोभरमेन्टबाट नै यसको रेट घटाउन निर्देशन दिइएको थियो । त्यसकारण पनि यो डेटाको कष्ट धेरै घटाएका छौं । यता, ब्यान्डवीथको मूल्य नै महंगो पर्ने भएकाले फिक्स इन्टरनेटको मूल्य भने महंगो पर्न गएको हो । सरोकारवालाहरुले सुझाव दिए यसमा पनि विचार गर्न सकिन्छ,’ उनले भनिन् ।

नेपाल टेलिकमले पूर्वाधार निर्माणको लागत घटने बित्तिकै डेटाको मूल्य पनि सहजै घटेर जाने जानकारी पनि गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.