२०७८ चैत ५ गते १६:०० विकासन्युज
काठमाडौं । यतिबेला श्रीलंका ठूलो आर्थिक संकटमा छ । देशको विदेशी मुद्रा सञ्चिती घट्दा विभिन्न वस्तु आयात गर्न नसक्ने अवस्थामा पुगेको छ । यही आर्थिक संकटमा जिविकापार्जन गर्न श्रीलंकाका नागरिकलाई धौधौ भइरहेको छ ।
सरकारले अत्यावश्यक वस्तु पनि आयात गर्न सकिरहेको छैन । श्रीलंका पेट्रोलियम पदार्थ तथा खाद्यान्न खरिद गर्न नसक्ने अवस्थामा पुगेको छ । जनताहरु सरकारविरुद्द विरोधमा उत्रिएका छन् । जनताले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गरिरहेका छन् ।
अधिकांश नागरिकहरुले बिजुलीको शुल्क तिर्न नसकेको भन्दै विद्युत कटौती गरिरहेका छन् । महँगाी छोइनसक्नु हिसावले बढेको छ । श्रीलंकाको केन्द्रीय बैंकका अनुसार त्यहाँकाके मूल्यवृद्धि २० प्रतिशतले बढेको छ । अमेरिकी डलरको तुलनामा श्रीलंकाली रुपैयाँको भाउ घट्दै गएको छ ।
पछिल्लो २ वर्षमा श्रीलंकाको विदेशी मुद्रा सञ्चिती ७० प्रतिशतले घटेर करिब सवा ३ अर्ब डलरको हाराहारीमा छ । पर्यटन र रेमिट्यान्समा निर्भर श्रीलंकाको अर्थव्यवस्था कोरोनाकै कारण ठूलो समस्यामा पर्यो ।
अहिले पुनः रुस र युक्रेनबीचको द्वन्द्वले श्रीलंकाको अर्थतन्त्रमा थप असर पुग्यो । तेलको मुल्य निरन्तर उकालो लागिरहेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यस वर्ष मात्रै श्रीलंकासँग ७ अर्ब अमेरिकी डलरको ऋण दायित्व छ । ऋणले आर्थिक संकट भोगेको श्रीलंका पुनः ऋणको लागि भौतारिरहेको छ । श्रीलंकाका अर्थमन्त्री बसिल राजपाक्षे ऋण साहयताका लागि भारत पनि गए । उनले श्रीलङ्काले भारतसँग १ अर्ब अमेरिकी डलर आर्थिक साहयता माग पनि गरे । तर, यस विषयमा भारतले केही धारणा दिएको छैन ।
ऋणमै डुबेको श्रीलङ्काले फेरि पनि ऋण नै लिएर अहिलेको संकट टार्ने योजना बनाएको छ । श्रीलंकाको सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग पनि सहयोग मागिरहेको छ । श्रीलंकाले खास गरी चीन, भारत र जापनाबाट ऋण लिएको छ ।
चीनबाट ऋण लिएर श्रीलंकाले देशको आर्थिक तथा पूर्वाधार निर्माणमा लगायो । तर, चीनलाई २ अर्ब ३१ करोड अमेरिकी डलर ऋण तिर्नमै खर्च गर्यो । त्यसपछि आम्दानी कम विदेशी सञ्चिती घट्दै गयो । विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार श्रीलंकाले चीनलाई ५ अर्ब डलर बराबरको ऋण तिर्नुपर्नेछ । अझै पनि उसले चीनसँग पनि ऋणको गुहार गरिरहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.