सुनिल पौडेल बने नेपाल टेलिकमको एमडी, पहिलो पटक संस्थाभन्दा बाहिरबाट नियुक्ती

  २०७८ चैत २४ गते २०:४५     विकासन्युज

काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) मा सुनिल पौडेललाई नियुक्त गरेकाे छ । बिहीबार साँझ बसेको मन्त्रीपरिषदको बैंठकले पौडेललाई एमडीमा नियुक्त गरेको हो ।

सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रस्तावमा उनी एमडीमा नियुक्त भएका हुन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको छनौट समितिले टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्ति गर्न संगीता पहाडी, सुनिल पौडेल र बुद्धि आचार्यको नाम सिफारिस गरेको थियो ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक पौडेल नेपाल टेलिकमको प्रवन्ध निर्देशक नियुक्त भएका हुन् । टेलिकममा पहिलोपटक संस्थाभन्दा बाहिरबाट प्रवन्ध निर्देशक नियुक्त भएका हुन् ।

टेलिकमको प्रबन्ध निर्देशकबाट डिल्लीराम अधिकारी गत पुस २२ मा सेवानिवृत्त भएका थिए। अधिकारी रिटायर भएयता टेलिकमको कायमुकायक प्रबन्ध निर्देशकको जिम्मेवारी प्रतिभा वैद्यले सम्हाल्दै आएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.