२०७८ चैत २८ गते ११:५१ विकासन्युज
काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेटका ग्राहकले मिदास एडुकेसनबाट दिइने ई-लर्निङ नि:शुल्क सिक्न पाउने भएका छन् ।
भायानेट र मिदास एडुकेसनको सहकार्यसँगै भायानेटका सबै ग्राहकहरूले एक महिनाका लागि मिदास इ-क्लास निःशुल्क चलाउन पाउने भएका हुन् ।
नर्सरीदेखि कक्षा १० सम्मका लागि सरकारद्वारा प्रमाणित पाठ्यक्रम रहेको मिदास इ-क्लास एन्ड्रोइड मोबाइल र ल्यापटपमा वेबसाइट मार्फत प्रयोग गर्न सकिन्छ। मिदास इ-क्लासमा लाइभ ट्युटोरिङको सुविधा पनि रहेकाले शिक्षकहरूले विद्यार्थीहरूलाई लाइभ सिकाउन र विद्यार्थीहरूसँग अन्तरक्रिया गर्न सक्छन्।
भायनेटले २०७९ साल वैशाखसम्म आफ्नो ग्राहकलाई मिदास इ-क्लास एक महिना नि:शुल्क चलाउन दिने भएको छ। भायनेटका ग्राहकहरूले आफ्नो भायानेट कस्टमर पोर्टल वा भायानेट मोबाइल एपमार्फत लगइन गरी मिदास इ-क्लास दाबी गर्नुपर्ने कम्पनीले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.