एससीटीद्वारा लोगो परिवर्तन : नयाँ लोगोसँगै सेवा सुधारको घोषणा

  २०७९ वैशाख ७ गते १९:०७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ ।

विगत २० वर्षदेखि विभिन्न भुक्तानीका विभिन्न सेवा दिँदै आएको स्मार्टच्वाइस टेक्नोलोजिजले नयाँ लोगो सार्वजनिक गरेको हो ।

नयाँ लोगो सार्वजनिकसँगै आफ्ना सेवाहरूमा सुधारको घोषणा गरेको छ । नेपालबाट सञ्चालित यस कम्पनीले ’क’ वर्गका वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थालाई विभिन्न प्रकारका कार्ड र भुक्तानी प्लेटफर्म उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ ।

एससीटीले दोहोरो इन्टरफेस (सम्पर्कसहित र सम्पर्कविहीन) देखि लिएर डेबिट र प्रिपेड कार्ड (घरेलु र अन्तर्राष्ट्रिय), एटीएम र पीओएसको परस्पर सम्बन्ध, बिएफआइहरूबीचको अन्तरसञ्चालन, अन्तर्राष्ट्रिय योजनाहरुको गेटवे र यस मार्फत् वित्तीय प्रविधिको पूर्ण समाधानसम्मका विविधतापूर्ण भुक्तानी सेवाहरु प्रवाह गर्दै आएको छ ।

एससीटीले आफ्ना सेवाहरू र पहुँच विस्तार गर्न अन्तर्राष्ट्रिय भुक्तानी प्रोसेसर र योजनाहरू (युनियन पे इन्टरनेसनल, पल्स नेटवर्क, र एफएसएस आदि) सँग रणनीतिक गठबन्धनमा पनि प्रवेश गरेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.