डिशहोमका दुई ग्राहकले रिचार्ज गर्दा जिते जनही एक लाख

  २०७९ वैशाख १२ गते १८:१७     विकासन्युज

काठमाडौं । एक वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरूले १ वर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डिटिएचको सेवा उपभोग गर्न पाउने छन्, साथै हरेक हप्ता लक्की ड्रमार्फत एक जनाले एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन् ।

यसै योजना अन्तर्गत वैशाख ५ गते र वैशाख १२ गते गरिएको लक्कीड्रमा क्रमशः CAS ID 71900831042 र 0256425170 भएका ग्राहकहरूले एक–एक लाख रुपैयाँ जित्न सफल भएका छन् ।

डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलर दाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फर मार्फत आफूले प्रयोग गरेको प्याकेजको एक वर्षको रिचार्ज गर्नुपर्नेछ ।

यस लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपा च्यानल र डिशहोम सोकेसमा हुने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.