२०७९ वैशाख १३ गते १२:५५ विकासन्युज
काठमाडौं । सिजी ब्रान्डअन्तर्गत ‘सिजी मेरिडिया स्टिम क्लिनिङ सिस्टम’ बजारमा आएको छ। सिजी इलेक्ट्रोनिक्सले ‘कोर्डेड ह्यान्डी एन्ड स्टिक भ्याकुम क्लिनर’ र ‘स्टिम क्लिनिङ सिस्टम’ गरी दुई प्रकारका भ्याकुम क्लिनर बजारमा ल्याएको हो। ‘कोर्डेड ह्यान्डी एन्ड स्टिक भ्याकुम क्लिनर’मा टू इन वान मोड रहेको कम्पनीले जनाएको छ।
यसकारण यो सजिलै ‘ह्यान्डी’ वा ‘स्टिक’ मोडमा परिवर्तन गर्न सकिने कम्पनीको दाबी छ । यसमा सिंगल साइक्लोन सिस्टम रहेको छ । त्यस्तै, यसमा रहेको ‘डस्ट कप’लाई सजिलै फुकाल्न सकिने जनाइएको छ। उच्च क्षमताको ‘स्पन्ज एक्जस्ट फिल्टर’ जडान भएको यस भ्याकुम क्लिनरमा ‘ब्यागलेस डस्ट कलेक्सन’ गर्न सकिने र यसमा पाँच एमपियरको पावर लाइन रहेको कम्पनीले जनाएको छ।
कम्पनीले ल्याएको ‘स्टिम क्लिनिङ सिस्टम’ले एक सय डिग्री सेन्टिग्रेड बाफले ९९ दशमलव ९९ प्रतिशत कीटाणु नष्ट गर्ने क्षमता राख्ने कम्पनीले जनाएको छ। १५ सेकेन्डमै बाफ उत्सर्जन गर्नु यसको मुख्य विशेषता भएको कम्पनीको दाबी छ।
यो काठ, टायल, कार्पेटजस्ता विविध प्रकारका सतहहरूमा पनि उपयुक्त रहेको कम्पनीले जनाएको छ । तीन सय ७० मिलिलिटर पानी ट्यांकीको क्षमता भएको ‘स्टिम क्लिनिङ सिस्टम’मा सानो राउन्ड ब्रस, स्कार्पर, स्काउरिङ हेड, ह्यांगिङ आइरन हेड, कार्पेटका लागि स्लाइडिङ प्लेट, होस एसेम्बली स्ट्रेट नोजल र अडाप्टरजस्ता विविध प्रकारका एसेसरिजहरू पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.