सञ्चार मन्त्रालयको ९० प्रतिशत सेवाप्रवाह विद्युतीय प्रणालीमार्फत

  २०७९ वैशाख १९ गते १७:०४     विकासन्युज

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ९० प्रतिशत काम विद्युतीय प्रणालीमार्फत सम्पन्न गर्ने जनाएको छ ।

मन्त्रालयका सचिव डा. बैकण्ठ अर्यालले आफ्नो मन्त्रालय र त्यस अन्तरगतका निकायहरुको कामलाई विद्युतीय प्रणालीमार्फत् नै सम्पन्न हुनेगरी मन्त्रालयले कार्यालय व्यवस्थापन प्रणाली तयार गरिसकेको बताएका हुन ।

सोमबार प्रविधि पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो प्रणाली अन्य मन्त्रालयहरुमा पनि तत्काल विस्तार गर्दै लैजाने योजना रहेको सार्वजनिक गरेका हुन ।

उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सो प्रणाली जडान गर्ने काम सुरु गरिएको र त्यसलाई अन्य मन्त्रालय र निकायहरुमा विस्तार गर्न आवश्यक तालिमको प्रारुप पनि तय गरिएको जानकारी दिए । सचिव अर्यालले सूचना र प्रविधिमा सबै नागरिकको पहुँच विकास गर्न सरकारले पूर्वाधार विकासमा जोड दिएको पनि दोहो¥याए ।

सूचना, प्रविधि क्षेत्रको विकासका लागि निजी क्षेत्रको सहकार्य अति जरुरी रहेको बताउँदै उनले सरकारले जनताको सेवा प्रवाहको कामलाई सहज बनाउन नै सूचना प्रविधिको विकासमा ध्यान केन्द्रित गरेको स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.