बलात्कारको अभियोगमा बोर्डिङ स्कुलका प्रिन्सिपल पक्राउ

  २०७९ जेठ १२ गते १५:३९     विकासन्युज

काठमाडौं । बलात्कार गरेको आरोपमा सुनसरीको इटहरीमा रहेको ब्लुमिङ् लोटस् ईङगलिस् स्कूलका प्रिन्सिपल पक्राउ परेका छन् । बिरामी छात्रालाई घुमाउने र औषधि उपचार समेत गरीदिने भनि ३६ वर्षिय राज खड्का भन्ने राज कुमार खड्का त्रिपुरेश्वरबाट पक्राउ परेका हुन् ।

उनी टोखाको बानियाँटारमा डेरामा बस्दै आएको प्रहरीले जानकारी दिएको छ । खड्काले आफ्नै स्कूलमा पढ्ने बिरामी भएकी १५ वर्षीय छात्रालाई घुमाउने र औषधि उपचार समेत गरी दिने भनी २०७४ साउन २६ गते जिल्ला सुनसरी धरानस्थित घोपा क्याम्प जाने बाटोमा पर्ने जनहित गेष्ट हाउसमा जबरजस्ती गरेको आरोप छ ।

उनले जबरजस्ती करणी गरेपछि पीडितले विद्यालय छोडेकी थिइन् ।  स्कूलमा पढिरहेकी छात्रालाई विवाह गर्छु भनी फकाउने र समाजमा बेइज्जत गरीदिने धम्की दिँदै पटक(पटक मानसिक तनाव दिँदै जबरजस्ती करणी गरेको भन्दै उनीविरुद्ध जाहेरी दिएकी थिइन् ।

पीडितले २०७५ भदौ २ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा दिएको जाहेरीपछी उनी फरार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.