२०७९ जेठ १८ गते १७:१४ विकासन्युज
काठमाडौं । सरकारले आगामी आर्थिक बर्ष २०७९/८० को बजेटमा दूरसञ्चार सेवा शुल्क घटाएपछि इन्टरनेटको शुल्क १७ रुपैयाँले घट्ने भएको छ ।
इन्टरनेट व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको इन्टरनेट सेवा प्रदाय संघले आज एक विज्ञप्ती जारी गर्दै १७ रुपैयाँले इन्टरनेट शुल्क घट्ने जनाएको हो ।
आइतबार आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनादर्न शर्माले इन्टरनेटको शुल्क घटाउने घोषणा गरेका थिए । यसअघि दूरसञ्चार सेवा शुल्क बापत १३ प्रतिशत कर लाग्दै आएकोमा सरकारले ३ प्रतिशत हटाएर १० प्रतिशतमा झारेको हो ।
३ प्रतिशत शुल्क घटेपछि १७ रुपैयाँ इन्टरनेटको शुल्क घटाइएका संघले जनाएको छ ।
सेवा प्रदायकहरुले यसअघि ग्राहक बाट सङ्कलन गरेको १३ प्रतिशत सेवा शुल्कबापत सरकारलाई बुझाउदै आएका थिए ।
आइस्पानका अनुसार इन्टरनेट शुल्क पाँच सय रुपैयाँ हुँदा यसअघि दूरसंचार सेवा शुल्क ६५ रुपैयाँ पर्थ्यो । बजेटबाट कटौती भएसँगै दूरसंचार सेवा शुल्क ५० रुपैयाँमा झर्ने बताइएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.