२०७९ जेठ २६ गते १८:१५ विकासन्युज
काठमाडौं । नमस्ते पे प्रयोगकर्ताहले अब नमस्ते पे वालेट ब्यालेन्समार्फत नेपाल टेलिकमले उपलब्ध गराएको डाटा एण्ड भ्वोइस प्याकहरु खरदि गर्न सक्नेछन् ।
यस्तै नमस्ते पे का ग्राहकहरुले आगामी दिनमा टेलिकमको डाटा र भ्वोइस प्याकमा विशेष सहुलियत पाउने कम्पनीले जनाएको छ । एडिपिसी नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रवर्द्धित भुक्तानी सेवा प्रदायक संस्था हो ।
नमस्ते पे अन्तर्गत इन्टरनेट र फोन आवश्यक नपर्ने गरी युएसएसडी मार्फत बैंक र वित्तिय पहुँच नभएका ग्रामिण क्षेत्रमा तथा मोबाइल एप मार्फत अन्य क्षेत्रमा समेत आधुनिक र सरल डिजिटल भुक्तानी सेवा प्रदान गर्ने दुवै प्रकारका विशेषता रहेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.