२०७९ असार ३ गते १६:२९ विकासन्युज
काठमाडौं । सरकारले ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ लाई संशोधन गरेर उत्खननलाई थप सहज बनाएको छ । जेठ ६ गते बसेकाे मन्त्रिपरिषद बैठकले ढुंगा, गिट्टी बालुवा, उत्दखनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ मा भएका प्रावधानमा पहिलोपटक संशोधन गरेर उत्खनन् तथा व्यवस्थापन कार्यलाई थप सहज बनाएको नयाँ व्यवस्थाले देखाएको छ ।
पुरानो मापदण्डमा क्रसर स्थापना गर्दा कायम भएको दुरीको मापदण्डलाई नयाँ संशोधनले आधा भन्दा धेरै कटौती गरेको छ । नयाँ मापदण्डले पहाडी क्षेत्रको राजमार्गको किनारामा २ सय मिटर, विद्यालय, धार्मिक क्षेत्र र पुरातात्विक क्षेत्रमा ५ सय मिटरमा नै क्रसर उद्योग सञ्चालन गर्न सकिने व्यवस्था गरेको छ ।
पुरानो मापदण्डमा क्रसर उद्योग सञ्चालनको लागि तराई र पहाडमा भिन्न–भिन्न व्यवस्था नरहेकोमा नयाँ मापदण्डमा भिन्न–भिन्न व्यवस्था गरिएको छ । तर, स्वीकृत खानी क्षेत्रमा भने मापदण्ड लागु नहुने भनिएको छ ।
मन्त्रिपरिषद् बैठकले मापदण्डमा गरेको नयाँ संशोधनले सार्वजनिक निजी साझेदारीमा खोलाको धारमा परिवर्तन नहुनेगरी माइनिङ गरेर ढुंगा, गिट्टी र बालुवाको उत्खनन् गर्न पाईने व्यवस्था गरेको छ ।
संशोधित मापदण्ड संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुलाई परिपत्र गर्दै कार्यान्वयन गर्न भनेको छ ।
हेर्नुहोस क्रसर उद्योग सञ्चालनको लागि पुरानो मापदण्ड :
हेर्नुहोस क्रसर उद्योग सञ्चालनको लागि नयाँ मापदण्ड
Copyright © 2024 Bikash Media Pvt. Ltd.