२०७९ असार ६ गते १२:१० विकासन्युज
काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसनले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गतको १५ परिवारलाई सहयोग गरेको छ । कम्पनीले पहिलो वर्ष जस्तै गुड विथ इन्टरनेट अभियान अन्तर्गत इन्टरनेट जोड्न नसकी शैक्षिक अवसरहरूबाट वञ्चित भएका विद्यार्थीलाई सहयोग गरेको हो ।
ह्युमन्स अफ काठमाडौंले आफ्नो सामाजिक संजाल मार्फत महामारीका कारण शिक्षा अनलाइन गएको समयमा आफ्नो छोरालाई पढाउन नसकेको कुरा थाहा पाएपछि भायानेटले पहिलो वर्ष प्रतिभाको परिवारलाई इन्टरनेट दिएर सहयोग गरेको थियो।
त्यसपछि दोस्रो वर्ष कम्पनीले चक्रपथको सडकमा फिटकिरी बोझो लगायतका जडिबुटी बेचेर आफ्ना चार छोराछोरी पढाउन खोजिरहेकी डल्ली दिदी, कपनमा पानीपुरी बेची आफ्नो छोरा र छोरी पढाइरहेकी अमला दिदी लगायतका १५ विभिन्न परिवारलाई कम्पनीले सहयोग गरेको छ ।
कम्पनीले आगामी वर्षहरूमा यस्ता धेरै परिवारहरूलाई मद्दत गर्ने योजना बनाएको जनाएको छ । र यस्तै भायनेटले पैसाको अभावको कारण इन्टरनेट जोड्न नसकेर पढाइमा समस्या भएकालाई कम्पनीमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.