२०७९ असार २९ गते १४:१८ विकासन्युज
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको प्रस्तावित १० प्रतिशत लाभांश पारित भएको छ । असार २९ गते सम्पन्न इन्स्योरेन्सको १७औं वार्षिक साधारण सभाले सञ्चालक समितिको लाभांश प्रस्तावलाई पारित गरेको हो ।
यससँगै इन्स्योरेन्सका सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद लाभांश पाउने छन् । उक्त बोनस सेयर छिट्टै नै नेप्सेमा सूचीकृत भई सेयरधनीको खातामा हस्तान्तरण हुने समेत इन्स्योरेन्सले जानकारी गराएको छ ।
९.५ प्रतिशत लाभांश पारितसँगै इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।
साथै, सभाले मर्ज गर्न तथा गराउनको लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी दिएको छ ।
यससँगै सभाले सञ्चालक समितिमा ४ जना सञ्चालकलाई निर्विरोध निर्वाचित गरेको छ । निर्विरोध निर्वाचित हुनेमा सञ्चालक विश्वराज रेग्मी, मनोहरदास मूल, अरुणराज श्रेष्ठ र उमेश रेग्मी रहेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.