अर्थतन्त्रले धान्नै नसक्ने आयत भयाे : अध्यक्ष अग्रवाल

  २०७९ असार २९ गते १७:०३     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले अर्थतन्त्रले धान्नै नसक्ने आयत भएकाे बताएका छन् । बुधबार नेपाल चार्टर्ड एकउण्टेन्टस संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको विषयमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले बजारमा माग पनि ह्वात्तै बढेको छ र समयमै विकास खर्च हुन नसकेकाे बताए । यस्तै, अध्यक्ष अग्रवालले सहुलियतपूर्ण कर्जालाई उत्पादनसँग जोड्नु पर्ने बताएका छन् । ‘‌औद्योगिकरणाको आवश्यकता देखिएको छ, आयात प्रतिस्थापन गर्ने उद्योगको आवश्यक छ,
बैंकहरुले दीर्घकालीन स्रोत व्यवस्थापन र उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ,’ उनले भने ।

उनले राष्ट्र बैंकले उत्पादनशील क्षेत्रमा जाने कर्जामा २ प्रतिशत प्रिमियम तोक्नु पर्ने बताए । ‘बैंकहरुले कोल्याटरबेसभन्दा पनि प्रोजेक्टबेस लगानी गर्नु पर्छ, एसएमईका लागि केही निश्चित कोष सिर्जना गरेर लगानी गर्नु पर्ने आवश्यक छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.