मोदीले बैंकमा मात्रै राख्छन् पैसा, घरजग्गा छैन, सम्पति २६ प्रतिशतले बढ्यो

  २०७९ साउन २४ गते १९:२३     विकासन्युज

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पत्ति २ अर्ब २३ करोड रुपैयाँ भारु पुगेकाे छ । उनको यो सबै नगद सम्पत्ति हो । उनले सबै रकम बैंकमा जम्मा गरेका छन् ।

घरजग्गा समेत नभएका उनले यसअघि भएको आफ्नो गुजरातको घर दान गरेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार उनीसँग ३१ मार्च २०२२ सम्म ३५ हजार २५० रुपैयाँ नगद थियो ।

यस्तै, हुलाक कार्यालयमा राष्ट्रिय बचत प्रमाणपत्र (एनएससी) को रूपमा रु ९ लाख ५ हजार रुपैयाँ छ । यसका साथै उनीसँग १६ लाख रुपैयाँको बीमा पोलिसी छ ।
एक वर्ष अघिको तुलनामा प्रधानमन्त्री मोदीको सम्पत्तिमा २६.१३ लाख रुपैयाँले वृद्धि भएको छ । तर, एक वर्षअघि उनीसँग १.१ करोडको अचल सम्पत्ति थियो । जुन अहिले छैन ।

प्रधानमन्त्रीको ऋणपत्र, म्युचुअल फण्ड र सेयरमा कुनै लगानी छैन । प्रधानमन्त्री मोदीसँग निजी कार पनि छैन । तर, उनीसँग १ लाख ७३ हजार रुपैयाँ मूल्यका चारवटा सुनको औंठी छ ।

भारतीय प्रधानमन्त्री कार्यालयको वेबसाइटका अनुसार मार्च ३१, २०२२ सम्म पीएम मोदीसँग २ करोड २३ लाख ८२ हजारको सम्पत्ति थियो । प्रधानमन्त्रीसँग एउटा आवासीय जग्गा थियो । जुन उनले गुजरातको मुख्यमन्त्री हुँदा अक्टोबर २००२ मा किनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.