एसवाई प्यानलको टिकटक प्रतियोगिताबाट सुमित्रा र संगमले पाए डेढ लाख, अरुले कति ?

  २०७९ भदौ १२ गते १९:३४     विकासन्युज

काठमाडौं । एसवाई प्यानल नेपालले आयोजना गरेको टिकटक प्रतियोगिताबाट चितवनका सुमित्रा मौराती र संगम दराइले डेढ लाख रुपैयाँ जितेकी छिन् । कोरियन प्रविधिको स्यान्ड्विच प्यानल उत्पादन गर्ने कम्पनी एसवाईले हालै आयोजना गरेको उक्त प्रतियोगितामा प्रथम भएका दुई जनाले सो बराबरको नगद पुरस्कार पाएका हुन् ।

कम्पनीले आइतबार उक्त प्रतियोगिताको विजेता घोषणा गर्दै प्रतियोगीहरुलाई नगद र सम्मानसहितको कार्यक्रम सम्पन्न गरेको छ । जसअनुसार प्रथम भएकी सुमित्रा मौरातीसँगै उनको सहयोगी संगम दराइ भएका छन् । सो अनुरुप उनीहरुले डेढ लाख रुपैयाँ पाएका हुन् ।

त्यस्तै, उक्त प्रतियोगितामा दुई जना दोश्रो भएका छन् । दोश्रो हुनेमा टिकटकर रवि लामा र सोबर घिमिरे (ढुकुरे) रहेका छन् । उनीहरुले प्रतिव्यक्ति १/१ लाख नगद रुपैयाँ पाएका छन् ।

यस्तै, टिकटकर रेश्मा बान्तवा, बिना अधिकारी र फ्याम्ली क्रीउ तेश्रो हुन सफल भएका छन् । यी तीन जनाले प्रतिव्यक्ति ७५ हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् ।

यसैगरी, कम्पनीले उक्त प्रतियोगितामा चौथो हुने ४ जनालाई प्रतिव्यक्ति ४० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरेको छ । जसमा टिकटकर बिनोद लामा, बिनिता मगर, हेमन्त पाण्डे र शीतल रावल रहेका छन् ।

कम्पनीले पाचौंमा ५ जनालाई छनोट गरेको छ । जसमा असीम भुजेल, पार्वत राई, सुरज कमाईत, हार्दिक घिमिरे र अनिल सुनार रहेका छन् । उनीहरुले प्रतिव्यक्ति ३० हजार रुपैयाँका दरले नगद पुरस्कार पाएका छन् ।

साथै, कम्पनीले ४ जनालाई कला र योग्यता उच्च मुल्याङ्कन गर्दै सान्तोनामा छनोट गरेको छ । जसमा टिकटकर चेतन बहादुर केसी, रमेश बुढाथोकी, जानुका ढुंगाना र पूजा काफ्ले छनोट भएका छन् । सान्तोनामा छनोट भएका उनीहरूले प्रतिव्यक्ति १५ हजार रुपैयाँ नगद पाएका छन् ।

कम्पनीले गत साउन ६ गतेदेखि सो प्रतियोगिता सुरु गरेको थियो । जसमा आएका भिडियोहरुलाई कम्पनीले विभिन्न आधारमार्फत उत्कृष्ट भिडियोको रुपमा छनोट गरेको हो । जसमा ३० प्रतिशत लाइकको आधारमा, ४० प्रतिशत सिर्जनात्मक तथा निर्णायकको आधारमा र ३० प्रतिशत धेरै भिउज, धेरै सेयर र कमेन्टको आधारमा उक्त प्रतियोगीहरु छनोट भएका हुन् ।

के हो एसवाई प्यानल ?

एसवाई प्यानल कोरियन पब्लिक कम्पनी हो । यसले निर्माणको लागि चाहिने आवश्यक सामग्रीहरू उत्पादन गर्दै आएको छ । नेपालमा सन् २०१५ को भूकम्पपछि २०१६ मा यसको सम्भाव्यताको अध्ययन गरी २०१७ बाट यो कम्पनीको सुरुवात भएको हो ।

प्रत्यक्ष विदेशी लगानी मार्फत सन् २०१७ देखि हालसम्म यस कम्पनीले प्यानलहरू उत्पादन गरेर सुन्दर घरहरू बनाउँदै आएको छ । २०१७ देखि नेपालमा एसवाई प्यानल उत्पादन सुरु भएको हो । विगत लामो यस कम्पनीले कोरियन प्रविधिको प्रयोग गरी नयाँ र आधुनिक घरहरू बनाउँदै आएको छ । यस कम्पनीले बनाएका घरहरू पछिल्लो समय नेपाली बजारमा निकै लोकप्रिय बनी सकेका छन् । कम्पनीका अनुसार यसका नेपाल भर ८० वटा डिलर छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.