स्वीडेनको तटीय क्षेत्रमा ३०० यात्रु बोकेको पानी जहाजमा आगलागी

  २०७९ भदौ १३ गते १८:२८     विकासन्युज

एजेन्सी । स्वीडेनको तटीय क्षेत्रमा सोमबार ३०० जना सवार एउटा पानीजहाजमा आगलागी भएको स्वीडेनको सामुद्रिक अधिकारीहरूले बताएका छन् । स्वीडेनको समुद्री प्रशासन कार्यालयका प्रवक्ता जोनास फ्रान्जेनले एएफपीसँग भने, ‘जहाजको डेकमा आगो लागेको छ, तीन वटा हेलिकप्टर र सातवटा जहाज घटनास्थलमा पठाइएको छ र जहाजलाई खाली गर्ने काम सुरु गरिएको छ ।’

‘आगलागीबाट तत्काल कुनै क्षति भएको खबर प्राप्त भएको छैन भने आगलागीको कारण भने खुल्न सकेको छैन । आगो नियन्त्रणमा आइसकेको छ’, कार्यालयका अर्का प्रवक्ता लिसा मजोर्निङले एएफपीलाई बताए। स्टेना स्क्यान्डिका नामक उक्त जहाज स्वीडेनको दक्षिणपूर्वी तटमा रहेको गोट्स्का स्यान्डन टापुमा रहेको समय आगलागी भएको थाहा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.