२०७९ भदौ १६ गते १३:०० विकासन्युज
काठमाडौं । नेपाल हस्तकला महासंघ भारतको नयाँ दिल्लीमा आयोजना हुने एक्सिम बजार २०२२ प्रदर्शनीमा सहभागी हुने भएको छ । महासंघ सेप्टेम्बर ३ देखि ६ तारिखसम्म हुने नवौं संस्करणको एक्सिम बजार २०२२ प्रदर्शनीमा सहभागि हुने भएको हो ।
परम्परागत, समकालिन लगायत हस्त शिल्पकला, हस्तकला लगायत विभिन्न कला उत्पादनमा संलग्न उद्यमी व्यवसायी, कलाकार एवं कलाकर्मीहरुलाई प्रदर्शनी एवं बिक्री कार्यक्रमको माध्यमबाट वस्तु एवं बजार प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले सो एकिसम बजार प्रदर्शनी भारतको विभिन्न शहरहरुमा आयोजना हुँदै आईरहेको छ ।
यस पटक भारतको इन्डिया एकिसम बैंकको आयोजनामा नेशनल क्राफ्टस म्युजियम एण्ड हस्तकला एकेडेमीमा हुन लागेको सो प्रदर्शनीमा नेपाल हस्तकला महासंघको तर्फबाट मैन मुर्ति कलाकार मनोज शाक्य, रिपाउसी र फिलिग्री कलाकार सुरज शाक्य, काष्ठ कलाकार बज्र बहादुर शिल्पकार, रेशा जन्य बस्तु विधाका कलाकार तथा उद्यमी रमेश श्रेष्ठ र धातुमुर्ति कलाकार उदिप शाक्यले प्रतिनिधित्व गर्ने छन् ।
यस प्रदर्शनीको माध्यमबाट सहभागी कलाकारहरुमा भारतको बजारमा आफ्ना कलाकृति, उत्पादनहरुको प्रदर्शनी गरी व्यवसाय प्रवद्र्धन गर्न थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको महासंघले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.