युक्रेन युद्धले संकटमा पर्दै युरोपको अर्थतन्त्र

  २०७९ भदौ १८ गते ५:२७     विकासन्युज

एजेन्सी । महामारीको २ वर्षपछि प्रचुर मात्रामा सरकारी खर्चद्वारा अर्थतन्त्रलाई टेवा दिन र महामारीबाट पिडित परिवारलाई सामान्य अवस्थाको भावना पैदा गर्नको तयारी गरिएको थियो । तर, २४ फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि ती सबै कुरामा परिवर्तन भयो । सामान्य अवस्था हट्यो र संकट फेरि स्थायी भएर आयो । युरोपमा मन्दी हुने कुरा लगभग निश्चित भएको छ । मुद्रास्फीति दोहोरो अंकको नजिक पुगेको छ र जाडो मौसमसँगै ऊर्जा संकट पनि नजिकिएको छ ।

खराब संकेतसँगै २०२३ अघि कुनै पनि महत्वपूर्ण सुधार हुन सकेन भने आउटलुक अझै बिग्रने सम्भावना छ । ‘संकट नयाँ सामान्य हो’, रिटेलर क्यारेफोरका प्रमुख कार्यकारी अलेक्जान्डर बोम्पार्ड भन्छन्, ‘हामीले विगत दशकहरूमा के प्रयोग गर्यौं, कम मुद्रास्फीति, अन्तर्राष्ट्रिय व्यापार, यो समाप्त भयो’ उनले लगानीकर्ताहरूलाई भने ।

परिवर्तन नाटकीय छ । एक वर्ष पहिले अधिकांश पूर्वानुमानकर्ताहरूले २०२२ को आर्थिक वृद्धि ५ प्रतिशतको नजिक हुने भविष्यवाणी गरेका थिए । तर, अब हिउँदमा आर्थिक मन्दी आधारभूत रुपमा नै देखिने सम्भावना देखिएको छ ।

परिवार र व्यवसाय दुबै युद्धको कारण पीडित हुन पुगेका छन् । खाद्यान्न र उर्जाको मूल्य उच्च भएको छ । अब विनाशकारी खडेरीको कारण नदीको प्रवाह घटेकाले यातायातमा पनि समस्या सिर्जना हुने देखिएको छ । पछिल्लो आधा शताब्दिमा युरोप क्षेत्रमा ९ प्रतिशत मुद्रास्फिति कहिल्यै देखिएको थिएन । मुद्रास्फितिका कारण पेट्रोल, प्राकृतिक ग्यास र मुख्य खानामा अतिरिक्त नगद प्रयोग भएकोले मानिसहरुको क्रयक्षमता घट्नेक्रममा छ ।

गर्मी मौसम शुरु हुनुभन्दा महिनौं अघिदेखि खुद्रा बिक्री घट्दै गएको थियो र पसलहरूले स्वयंले पनि आफ्नो खरिद घटाइरहेका छन् । जुन महिनामा खुद्रा बिक्रीको मात्रा एक वर्ष अघिको तुलनामा लगभग ४ प्रतिशत कम थियो, जर्मनीमा भने ९ प्रतिशत घटेको छ ।

पछिल्लो समयमा उपभोक्ताहरू नियमित तरिकाले खरिद गर्नेभन्दा पनि छुट भएका समाग्रीहरुतर्फ आकर्षित भएको देखिन्छ । जसकारण उच्च मूल्य भएका उत्पादनहरुमा भन्दापनि छुट दिने ब्राण्डहरुतर्फ लागेको देखिन्छ । यतीमात्रै नभएर उपभोक्ताहरुले आफ्नो खरिददरलाई समेत घटाउन थालेका छन् । ‘जीवन महँगो हुँदै गइरहेको छ र उपभोक्ताहरू उपभोग गर्न अनिच्छुक छन्’, जर्मन रिटेलर जालान्डोका सह–सीईओ रोबर्ट गेन्ट्जले पत्रकारहरूलाई भने ।

निरन्तर आपूर्ति अवरोधहरूको कारणले सिर्जना भएको उच्च मूल्यका बाबजुद पनि व्यवसायीहरुले अहिलेसम्म राम्रो गरिरहेका छन् । तर, धेरै उर्जा खपत हुने क्षेत्र भने पहिल्यैदेखि नै पिडित भइसकेका छन् । युरोपको लगभग आधा एल्युमिनियम र जिंक पगाल्ने क्षमता पहिले नै अफलाइन छ, त्यस्तै प्राकृतिक ग्याँस मा निर्भर मल उत्पादनहरु अधिकांश बन्द अवस्थामा पुगेका छन् ।

पर्यटन एक दुर्लभ उज्ज्वल स्थानमा परिणत भएको छ । मानिसहरूले आफूसँग भएको संचित बचत खर्च गर्न र सन् २०१९ पछि पहिलो पटक गर्मीको आनन्द लिन खोजिरहेका थिए । तर, ट्राभल क्षेत्र पनि श्रमीक अभावले गर्दा ग्रस्त भएको छ । महामारीको समयमा घर फर्किएका कामदारु अहिलेसम्म पनि काममा फर्किन हिच्किचाइरहेका छन् । कर्मचारीको अभावका कारण फ्रान्कफर्ट र लन्डन हीथ्रो जस्ता प्रमुख एयरपोर्टहरूले उडानहरू सीमित गर्न बाध्य भए ।

मन्दी अझै बढ्न सक्छ

अहिले युरोपले भोगेको पीडा तीव्र हुने सम्भावना छ । रूसले ग्यास निर्यातमा कटौती गर्छ । ७० को दशकमा भएको तेलको समस्या भन्दा अहिले देखिएको ग्याँसको समस्या दोब्बर भएको क्यापिटल इकोनोमिक्समा क्यारोलिनले भनेका छन् । ‘हामीले विगत दुई वर्षमा युरोपमा प्राकृतिक ग्यासको मूल्यमा १० देखि ११ गुणा वृद्धि भएको देखेका छौं ।’

जाडो मौसममा सामान्य जनताको लागि उर्जा संकटले समस्या पार्ने देखिएको छ, साथै घर र कार्यालयहरू उर्जा अभावका कारण चिसो हुनेछन् । जर्मनी यस जाडोमा सार्वजनिक स्थानहरू केवल १९ डिग्री सेल्सियसमा न्यानो होस भन्ने चाहन्छ, जुन पहिले लगभग २२ डिग्री थियो । मुद्रास्फीतिको विषयलाई लिएर सस्तो उर्जा आपूर्ति त्याग्ने हो भने उर्जा उत्पादनको लागत उच्च हुन्छ । यसको अर्थ उद्योगमा लागत वृद्धि बढी उत्पादन कम हुने अवस्था सिर्जना हुन्छ ।

युरोपियन ब्लकमध्ये जर्मनीमा पछिल्लो १ वर्षमा मात्रै ग्यासको मूल्यमा पाँच गुणाले वृद्धि भएको छ । तर, पूर्व दीर्घकालीन सम्झौताको कारण उपभोक्ताहरुमा समस्या सिर्जना भएको छैन । तैपनी उपभोक्ताहरुले सरकार निर्देशित शुल्क भने तिर्नुपर्दछ । एकपटकको सम्झौता अवधि सकिएपछि ग्यासको मूल्य बढ्नेछ । तर, मुद्रास्फीतिमा भने माथिदेखि निरन्तर दबाब सिर्जना भइरहेको छ ।

युरोपको अर्थतन्त्रमा अब्बल स्थानमा रहेका तर ग्यासमा परानिर्भर रहेका मुलुकहरु जर्मनी र इट्ली चाँडै नै मन्दीमा प्रवेश गर्ने अर्थशास्त्रीहरुले बताइरहेका छन् । संयुक्त राज्य अमेरिकामा पनि मन्दीको सम्भावना छ, तर त्यो फरक ढंगले हुनेछ ।

सकारात्मक सम्भावना
रातो–तातो श्रम बजार, तीव्र ज्याला वृद्धि, यू.एस. फेडरल रिजर्भले ब्याजका दरहरुमा गरेको वृद्धिले मन्दीको जोखिम रहेको स्पष्ट रुपमा संकेत गरेको छ ।
कम्पनीहरूले वर्षौंदेखि बढ्दो श्रमिक अभावको सामना गरिरहेका छन् । यसले कम्पनीहरुलाई कामदारसँग थप सम्झौता गरेर अगाडि बढ्ने संकेत गर्छ । विशेष गरी तिनीहरू अपेक्षाकृत स्वस्थ नाफा हुँदै मन्दीतर्फ गइरहेको देखिन्छ । बेरोजगारी दर अत्यन्तै कम रहेको अवस्थामा, विस्तारै मानिसहरुको क्रयशक्ति कायम हुनसक्ने कुराले मन्दी कम हुने संकेत पनि देखिन्छ । जुन कुरा अहिले बोरोजगारी दरको तथ्यांकले देखाउँछ ।

‘हामीले श्रमको निरन्तर अभाव, ऐतिहासिक रूपमा कम बेरोजगारी र ठूलो संख्यामा रिक्त पदहरू देखेका छौं’, ईसीबी बोर्ड सदस्य इसाबेल स्नाबेलले पहिले रोयटर्सलाई भनेका छन्, ‘यसको अर्थ सायद यो हो कि यदि हामी मन्दीमा प्रवेश गर्यौं भने पनि, कम्पनीहरूले व्यापक स्तरमा कामदारहरूलाई हटाउन धेरै अनिच्छुक हुन सक्छन् ।’
बालाज कोरानै रोयटर्स

– बालाज कोरानै रोयटर्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.