भाटभटेनीमा पनि पस्यो महानगर, बेसमेन्टमा रहेको संरचना खाली गर्न डोजरको प्रयोग

  २०७९ भदौ २६ गते १४:२१     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले भाटभटेनीको बेसमेन्ट पनि खाली गर्ने भएको छ । काठमाडौं महानगरपालिका–३२ मा रहेको भाटभटेनीमा महानगरले बेसमेन्टमा रहेको संरचना खाली गर्न सुरु गरेको हो ।

बेसमेन्टमा रहेको संरचना खाली गर्न महानगरले डोजर पनि साथमै लिएर गएको छ । भाटभटेनी सुपरमार्केटको बेसमेन्टमा पार्किङ प्रयोजनका लागि नक्सा पास भएता पनि अर्को प्रयोजन भएको पाइएकोले बेसमेन्टमा रहेका संरचना खाली गर्न लागेको बताइएको छ ।

पछिल्लो समय महानगर विभिन्न ठाउँमा पार्किङका लागि निर्माण भएका बेसमेन्टको अनुगमन गरिरहेको छ भने सो बेसमेन्ट अन्य प्रयोजनका लागि प्रयोग भएको पाइमा कारवाही पसिन गर्दै आएको छ । यो सँगै अनधिकृत संरचना हटाउनमा पनि महानगर सक्रिय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.