२०७९ भदौ २६ गते १७:०६ विकासन्युज
काठमाडाैं । डिशहोमको २ वटा विज्ञापन क्याम्पेनले यो वर्षको कृति अवार्डमा ३ अवार्ड जित्न सफल भएको छ ।
मार्स प्रालिले डिशहोमका लागि निर्माण गरेको ब्राण्ड क्याम्पेन ‘खुसीको कनेक्सन’ र ‘क्वालिटीमा नं.वान मासिक शुल्क सबैभन्दा कम’ टेलिभिजन विज्ञापनले कृति अवार्ड पाएकाे हाे ।
‘खुसीको कनेक्सन’ ले उत्कृष्ट टेलिभिजन विज्ञापन मेनस्ट्रीम ब्राण्ड क्याम्पेन विधामा सिल्भर एवार्ड र ‘क्वालिटीमा नं.वान मासिक शुल्क सबै भन्दा कम’ ले वेष्ट टेलिकम कम्यूनिकेसन (अपरेटर आईएसपी र डिटिएच) तथा उत्कृष्ट छायाँङ्कन (टिभिसी/डिजिटल) विधाको अवार्ड पाएकाे हाे ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.