फुटपाथ व्यवसायीले भोलि महानगरविरुद्ध प्रदर्शन गर्ने

  २०७९ भदौ २९ गते १४:१०     विकासन्युज

काठमाडौं । नेपाल स्वरोजगार श्रमिक व्यापार संघले काठमाडौं महानगरपालिकाविरुद्ध  आन्दोलन गर्ने भएको छ । महानगरपालिकाले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै संघले बिहीबार काठमाडौंमा प्रदर्शन गर्ने भएको हो ।

महानगरले फुटपाथ र साना व्यवसायीहरुलाई व्यवस्थापन गर्नुपर्ने बेला विस्थापित गरेको कारण आफुहरुले आन्दोलन गर्न लागेको संघले बताएको छ ।

संघले बिहान ११ बजे सुन्धारामा साना व्यवसायीहरु जम्मा भएर महानगर कार्यालय परिसरमा पुग्ने जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.