२०७९ भदौ ३० गते १८:२६ विकासन्युज
काठमाडौं । ५० किलोमिटर सम्म लम्बाई भएको राष्ट्रिय राजमार्ग वा सहायक सडकको चौडाई विस्तार गर्दा रुख काट्न पाइने भएको छ । वातावरण संरक्षण नियमावली, २०७७ को अनुुसुचीमा हेरफेर गर्दै सो व्यवस्था गरिएको वन तथा वातावरण मन्त्रालय द्वारा राजपत्रमा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
वातावरण संरक्षण नियमावली, २०७७ को नियम ४९ ले दिएको अधिकार प्रयोग गरी नियमावलीको अनुसूची १ को खण्ड (क) को उपखण्ड ८ पछि (८क) थप गरेर नयाँ व्यवस्था गरिएको छ । नयाँ थपिएको व्यवस्थामा भनिएको छ, ‘‘(८क) ५० किलोमिटरम्म लम्बाइको राष्ट्रिय राजमार्ग वा सहायक सडकको चौडाइ वृद्धि हुने गरी स्तरवृद्धि, पुनस्र्थापना वा पुननिर्माण गर्न ५ हेक्टरम्मको वन क्षेत्र, वन संरक्षण क्षेत्र, संरक्षण क्षेत्र, मध्यवर्ती क्षेत्र तथा वातावरण क्षेत्रको वनको जग्गा प्रयोग गर्ने ।’’
Copyright © 2024 Bikash Media Pvt. Ltd.