२०७९ भदौ ३१ गते १०:५५ विकासन्युज
काठमाडौं । कर्मचारी सञ्चय कोषले आफ्नै मोबाइल एप सार्वजनिक गरेको छ । कोषले ६१औं वार्षिकोत्सवको अवसर पारेर उक्त एप सार्वजनिक गरेको हो ।
यो एप ग्राहकले आफ्नो मोबाइलमा डाउनलोड गरेर प्रयोग गर्न सक्नेछन् । यो एफमार्फत ग्राहकले घरमै बसी बसी लोन अर्थात ऋण पनि लिनसक्ने कोषले जानकारी गराएको छ । यसका साथै, यो एपमा विभिन्न सुविधाहरु रहेको छ ।
भदौ ३१ गते सार्वजनिक भएको यो एप केही दिनमा सञ्चालन ल्याउने कोषको तयारी छ । कोषले यो एपलाई छिट्टै नै प्रयोगमा ल्याउने जानकारी गराएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.