२०७९ असोज २२ गते ११:२५ विकासन्युज
एजेन्सी । युद्ध अपराध र अधिकार उल्लङ्घनका घटनाको अभिलेखीकरणका लागि काम गरेपापत बेलारुसका मानव अधिकारवादी एलेस बियालियात्स्की, रुसको मेमोरियल समूह र युक्रेनको सेन्टर फर सिभिल लिबर्टीजलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ । समितिले सन् २०२१ देखि बेलारुसको जेलमा रहेका बियालियात्स्कीको रिहाईको माग गरेको छ ।
‘उनीहरूले युद्ध अपराध, मानव अधिकार उल्लङ्घन र शक्तिको दुरुपयोगलाई दस्तावेजीकरण गर्न उत्कृष्ट प्रयास गरेका छन्’, र्वेजियन नोबेल कमिटीका प्रमुख बेरिट रीस एन्डरसनले भने, ‘उनीहरूले मिलेर शान्ति र लोकतन्त्रका लागि नागरिक समाजको महत्वलाई दर्शाएका छन् ।’
गत वर्षको शान्ति पुरस्कारले प्रेस स्वतन्त्रताका दुई विजेता फिलिपिन्सकी पत्रकार मारिया रेसा र उनका रुसी सहकर्मी दिमित्री मुरातोभलाई सम्मान गरेको थियो । यो पुरस्कारमा स्वर्ण पदक, प्रमाणपत्र र १० मिलियन स्वीडिश क्रोनर (करिब नौ लाख अमेरिकी डलर)को पुरस्कार राशि रहेको छ ।
सन् १८९६ मा स्वीडिस आविष्कारक तथा परोपकारी अल्फ्रेड नोबेलको निधन भएको दिन डिसेम्बर १० मा ओस्लोमा आयोजित एक औपचारिक समारोहमा सो पुरस्कार प्रदान गरिनेछ । रीस–एन्डरसनले बियालियात्स्की उपस्थित हुन सक्षम हुने आशा व्यक्त गरेका छन् ।
उनले भने, ‘हामी आशा गर्छौं । उहाँ ओस्लोमा आउनुुहुनेछ र सम्मान प्राप्त गर्नुहुनेछ ।’ शान्ति पुरस्कार ओस्लोबाट प्रदान गरिएको एक मात्र नोबेल पुरस्कार हो, अन्य विधाहरू स्टकहोमबाट घोषणा गरिएको छ । वर्ग र लिंगको व्यक्तिगत अनुभवमा आधारित भ्रामक सरल उपन्यासका लागि चिनिएकी फ्रान्सेली लेखिका एनी एर्नाक्सले बिहीबार साहित्यतर्फको नोबेल पुरस्कार जितेका थिए।
सन् १९०१ यता ११९ जना साहित्य पुरस्कार विजेतामध्ये उनी १७ औं महिला हुन् । यस बर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार सोमबार घोषणा हुने समितिले बताएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.