२०७९ कार्तिक ४ गते १६:२४ विकासन्युज
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संस्कृति, संगीत तथा नाट्य, ललितकला र भाषा एवं साहित्यमा योगदान गर्नेहरुलाई पुरस्कृत गर्ने भएको छ । मन्त्रालयले बिहीबार एक सूचना प्रकाशित गर्दै राष्ट्रिय प्रतिभा पुरस्कार सम्बन्धी कार्यविधिअनुसार ४ विधामा राष्ट्रिय प्रतिभा पुरस्कार र प्रादेशिक स्तरमा एक एक जनालाई पुरस्कार दिने जनाएको छ ।
मन्त्रालयले पुरस्कारको लागि व्यक्ति वा संस्थाले आवेदन गर्नसक्ने जनाउँदै त्यसकालागि ३० दिनभित्र मन्त्रालयमा आवेदन दिन अनुरोध गरेको छ ।
मन्त्रालयको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.