२०७९ कार्तिक १० गते १५:२३ विकासन्युज
काठमाडौं । दिदीबहिनी एवं दाजुभाइ नहुनेले काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर टिका लगाएका छन् ।
बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुलेको हाे । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।
विसं २०३५ पछि नियमितरूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । सात वर्षअघि भुकम्पको कारण क्षतिग्रस्त बनेपछि बीचमा बालगोपालेश्वर मन्दिर बन्द गरिएको थियो ।
यस मन्दिर भूकम्पपछि विसं २०७७ देखि मात्र भक्तजनका लागि पुनः खुला गरिएको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.