चीनद्वारा अन्तर महादेश उड्न सक्ने ड्रोनको विकास

  २०७९ कार्तिक २४ गते १६:२६     विकासन्युज

एजेन्सी । चीनले ‘विङ लङ थ्री ड्रोन’को विकास गरेको छ । जसले अन्तरमहादेश स्तरमा उडान भर्न सक्छ । सो ड्रोनले बम, मिसाइल बोकेर आकाशबाट नै प्रहार गर्न सक्छ । सो ड्रोनलाई पहिलोपटक दक्षीण चीनको ग्वाङडोङ प्रान्तमा नोभेम्वर ८ देखि १३ सम्म आयोजना गरिएको ‘एयर सो २०२२’ मा पदर्शन गरिएको थियो ।

ग्लोबल टाइम्सका अनुसार ‘विङ लङ थ्री ड्रोन’ ले अन्तर महादिप उडान भर्नका साथै लामो फौजी मिसन सञ्चालन गर्न समेत सक्षम रहेको छ । अन्य घरेलु तथा विदेशी ड्रोनको तुलनामा ‘विङ लङ थ्री ड्रोन’ धेरै गह्रौं भएको यसका चिफ डिजाइनर झोउ यी ले ग्लोबल टाइम्सलाई बताएका छन् ।

झोउका अनुसार ‘विङ लङ थ्री ड्रोन’ प्रयोगकर्ताहरुको माग, विकसित प्रविधिको प्रयोग र विश्वमा प्रतिद्वन्दीलाई ख्याल गरेर बनाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.