सात लाख नाघे वर्ल्डलिंकका प्रयोगकर्ता

  २०७९ कार्तिक ३० गते १२:५२     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालीत इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको प्रयोगकर्ता ७ लाख नाघेका छन् । सात लाख घरधुरीमा इन्टरनेट पुर्याएसँगै वर्ल्डलिङ्क देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी बनेको छ ।

कम्पनीले हाल सातै प्रदेशका ७३ जिल्लामा इन्टरनेट विस्तार गरेसकेको छ । बाँकी रहेका चार जिल्लाहरु दार्चृला, बैतडी, मनाङ र मुस्ताङमा समेत छिट्टै सेवा विस्तार हुने कम्पनीले जनाएको छ ।

नेपालमा इन्टरनेट सेवा दिनेभन्दै २०५२ साल भदौमा वर्ल्डलिङ्क स्थापना भएको थियो । कम्पनीका हाल १५० भन्दा बढी शाखा कार्यालयमा पाँच हजारभन्दा बढी कर्मचारी कार्यरत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.