भारतका स्वास्थ्य पूर्वाधारमा एक करोड ५० लाख डलर लगानी बढाउँदै अमेरिका

  २०७९ कार्तिक ३० गते १३:११     विकासन्युज

अमेरिका । संयुक्त राज्य अमेरिकाले भारतका स्वास्थ्य पूर्वाधारमा एक करोड ५० लाख डलरभन्दा बढी लगानी गर्ने भएको छ । सङ्घीय सरकारको सहायता निकाय ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड इन्भेष्टमेन्टले भारतसँगको साझेदारी बढाउन स्वास्थ्य क्षेत्रमा लगानी गर्न लागेको ह्वाइट हाउसले जनाएको छ ।

इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनले भारतमा सेवा नपुगेका स्थानमा नेत्रपरीक्षण केन्द्र, शल्यक्रिया, सामाजिक उद्यम, महिला उद्यमशीलता विकास तथा महिलाले उत्पादन गरेका सरसफाइका सामग्रीको प्रवद्र्धनमा लगानी गरिने ह्वाइट हाउसले बताएको छ ।

अमेरिका, इण्डोनेसिया र युरोपेली सङ्घका नेताले इण्डोनेसियाको बालीमा जारी विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रहरूलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वेन्टीको शिखर बैठकमा विश्वव्यापीरूपमा निम्न र मध्यम आय भउका देशमा गुणस्तरीय पूर्वाधारमा लगानी बढाउनुपर्ने तथा विश्वअर्थतन्त्रलाई पुनः गतिशील एवम् सुदृढ तुल्याउनुपर्नेमा जोड दिएका छन् ।

शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति जो बिडेन, इण्डोनेसियाका राष्ट्रपति जोको विडोडो, र युरोपेली आयोगका अध्यक्ष उर्सुला फोेन डेयर लेनले अर्जेन्टिना, क्यानडा, फ्रान्स, जर्मनी, भारत, जापान, गणतन्त्र कोरिया, सेनेगल र संयुक्त अधिराज्यका मन्त्री तथा नेतासँग बेग्लाबेग्दै भेटेर साझा चासोका विश्वव्यापी मुद्दाका साथै पूर्वाधार निर्माणमा लगानी बढाउनेबारेमा विचारविमर्श गर्नुभएको थियो । ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड इन्भेष्टमेन्टमार्फत लगानी गर्नेबारेमा पनि उनीहरूबीच छलफल भएको थियो । रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.