सरकारले बैंकलाई भन्दा उद्योगलाई ब्याजमा अनुदान दिनुपर्छ : गोल्छा

  २०७९ मंसिर ९ गते १६:१४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले बैंकलाई भन्दा उद्योगलाई ब्याजमा अनुदान दिनुपर्ने बताएका छन् । शुक्रबार उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले ब्याजदरको अस्थिर अवस्थामा उद्योगलाई ब्याजमा अनुदान दिनुपर्ने बताएका हुन् ।

बढ्दै गएको व्यापार घाटा कम गर्नको लागि देशमा औद्योगिक विकास गर्न जरुरी रहेको बताउँदै उनले सरकारले निजी क्षेत्रलाई सहयोग गर्नुपर्ने बताए । ‘सरकारले उद्योगलाई बचाउनसके मात्रै अहिले देखिएको अर्थतन्त्रको समस्या समाधान हुन्छ, नेपालमा मूल्य अभिवृद्धि हुने, धेरै रोजगारी सृजना गर्ने र धेरै निर्यात गर्ने उद्योगलाई सरकारले ब्याजमा अनुदान दिनुपर्छ,’

यस्तै, उनले ५० लाख विदेशमा रहेका युवाले पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चलेको बतए । ‘रेमिट्यान्सले देश अर्थतन्त्र चलेको छ तर देशमा रोजगार पाउन गाह्रो छ, युवाहरुलाई रोजगारी दिन नसक्नु उद्योगी व्यवसायी र सरकारको कमजोरी हो, मुलुकभित्रै युवाहरुले भविष्य खोज्न सक्नुपर्छ,’ उनले भने ।

गोल्छाले सरकार राजश्वमुखी अर्थतन्त्रमा गएकाले कसरी उत्पादन र रोजगारमुखी बनाउने योजना सरकारसँग नभएको आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.