विश्वको सबैभन्दा धनी बने बर्नार्ड अर्नाल्ट, एलन मस्क दोस्रो नम्बरमा

  २०७९ मंसिर २८ गते २१:०२     विकासन्युज

एजेन्सी । एलोन मस्क अब विश्वको सबैभन्दा धनी व्यक्तिको रुपमा रहेनन् । फ्रान्सेली अर्बपति लुइस भिटन मोएट हेनेसीका सीईओ बर्नार्ड अर्नाल्टले उनलाई पछि पार्दै पहिलो नम्बरमा पुगेका छन्।

मस्कको नेटवर्थमा आएको गिरावटका कारण टेस्लाको शेयर मूल्य तल झर्नु र एलभिएमएचको शेयर मूल्यले उचाई लिँदा सो अवस्थाको सिर्जना भएको हो । ब्लुमबर्ग बिलियनियर्स इन्डेक्स र फोर्ब्स दुबैमा मस्क दोस्रो नम्बरमा झरेका छन् ।
ब्लूमबर्गका अनुसार अर्नाल्टको कुल सम्पत्ति अहिले १७१ बिलियन डलर रहेको छ । जबकि एलन मस्कको कुल सम्पत्ति १६४ बिलियन डलर रहेको छ । त्यस्तै, भारतीय अर्बपति गौतम अडानी १२५ अर्ब डलर कुल सम्पत्तिका साथ तेस्रो स्थानमा रहेका छन्।

विश्वका अर्का धनी अमेजनका संस्थापक जेफ बेजोस र बिल गेट्स रहेका छन्। दुवैको कुल सम्पत्ति ११६ अर्ब डलर रहेको छ।
फोर्ब्सका अनुसार मस्कको कुल सम्पत्ति १७६.८ बिलियन डलर रहेको छ। सबैभन्दा धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा आउनुअघि उनको कुल सम्पत्ति लगभग १८५ बिलियन डलर थियो। अब अर्नाल्टको कुल सम्पत्ति १८८.६ बिलियन डलर पुगेको छ।

तर, मस्क अझै गौतम अडानीभन्दा धेरै अगाडि छन् । अडानीको कुल सम्पत्ति १३४.२ बिलियन डलर छ। भारतीय अर्का पुँजीपती मुकेश अम्बानी ९२.५ बिलियन डलर सहित विश्वका आठौं धनी व्यक्तिको सूचीमा रहेका छन् ।

को हुन् बर्नार्ड अर्नाल्ट ?

बर्नार्ड अर्नाल्टलाई आधुनिक लक्जरी फेसन उद्योगको गडफादरको रुपमा मानिन्छ। उनी विश्वको सबैभन्दा ठूलो फेसन समूह लुइस विटन मोएट हेनेसीको संस्थापक अध्यक्ष र सबैभन्दा ठूला सेयरहोल्डर हुन् । बर्नार्ड अर्नाल्टको समूह लुइस भिटन बजार क्यापको हिसाबले आफ्नो निकटतम प्रतिद्वन्द्वी केरिङभन्दा झण्डै चार गुणा ठूलो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.