२०७९ पुष ३ गते ८:२८ विकासन्युज
काठमाडौं । बोटलर्स नेपाल अन्तर्गतका दुबै कम्पनीले वार्षिक साधारण सभा पुस २७ गते गर्ने भएका छन् । बोटलर्स नेपाल तराईको ३६ औं र बालाजुले ४४ औं वार्षिक साधारण सभा होटल र्याडिसन लाजिम्पाट काठमाडौंमा गर्ने भएका हुन् ।
बोटलर्स नेपाल बालाजुको सभाले २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रवितेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै बोटलर्स नेपाल तराईको पनि सञ्चालक समितिले प्रस्ताव गरेको ६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाले पारित गर्नेछ । साथै सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
दुवै कम्पनीको सभाले संचालक समितिको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।
दुबै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले पुस १९ गतेसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.