२०७९ पुष २३ गते १४:२८ विकासन्युज
काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलको बैठक शुरु भएको छ । शनिवार नेपाली काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक शुरु भएको हो । काँग्रेसले नयाँ सरकार बनाउन नसकेपछि प्रतिपक्षमा रहेर आफ्नो भुमिकालाई कसरी अघि बढाउने भन्ने बारेमा रणनीति तयार पार्न बैठक बसेको हो ।
तत्कालीन गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नयाँ प्रधानमन्त्रीमा पुस २६ गते विश्वासको मत लिँदै गर्दा काँग्रेस अब कसरी अघि बढ्ने भन्ने रणनीति बनाउन व्यस्त छ । प्रतिपक्षमा रहेर आफ्नो भुमिकालााई कसरी अघि बढाउने भन्ने निर्णय संसदीय दलको बैठकले गर्नेछ ।
प्रधानमन्त्री दाहालले नेपाली काँग्रेसलाई पनि आफू नेतृत्वको सरकारलाई विश्वासको मत दिन आग्रह गरेका छन् । नेपाली काँग्रेसका शीर्ष नेताहरुले भने राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.