इण्डिया अटो एक्स्पोमा तीन दर्जन कम्पनीका नयाँ मोडलका गाडी प्रदर्शन (फोटोफिचर)

  २०७९ पुष २७ गते १९:२६     राजिव न्यौपाने

नयाँ दिल्ली, भारत । भारतमा आज बुधबारदेखि अटो एक्स्पो सुरु भएको छ । अटोमोटिभ कम्पोनेन्ट म्यानुफ्याक्चरर्स एसोसिएसन अफ इन्डिया (एसिएमए), कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सिआइआई) र सोसाइटी अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स (एसआइएएम)ले संयुक्त रूपमा यो अटो एक्स्पो आयोजना गरेका हुन् ।

उक्त अटो एक्स्पो सन् २०२३ को जनवरी ११ मा सुरू हुनेछ भने १८ सम्म जारी रहनेछ एक्स्पो ग्रेटर नोएडामा सञ्चालन भएको छ । जनवरी ११ र १२ गते पत्रकारहरुका लागि मात्रै खुल्ला गरिएको छ भने १३ गते व्यवसायिक प्रदर्शनी गरिने बताइएको छ ।

एसआइएएका अनुसार यस पटकको अटो एक्स्पोमा विद्युतीय सवारी साधन निर्माता कम्पनीहरूलाई प्राथमिकतामा राखिनेछ । एक्स्पोमा करिब तीन दर्जन कमपनीहरुको गाडीहरु प्रदर्शनीमा राखिएको छ ।

एक्स्पोमा टर्क मोटर्स, हिरो इको टेक, म्याटर मोटर्स, ओकिनावा अटोटेक लगायत दुई पांग्रे एवम् तीन पांग्रे सवारी निर्माता कम्पनीहरूको सवारी साधन प्रदशर्नी राखिएका छन् ।

एक्सपोमा टाटा मोटर्स, सुजुकी, मारुती, हुन्डाई मोटर्स, किया इन्डिया, एमजी मोटर इन्डिया, बीवाईडी इन्डिया, अशोक लेल्यान्ड र टोयोटा नयाँ मोडलका गाडी सार्वजनिक गरेका छन् । यस्तै, ओकिनावा अटोटेक, ग्रीभ्स कटन, हिरो इको टेक, स्लेजह्यामर वर्क, मोटोभोल्ट मोबिलिटी, फुजियामा पावर इन्फ्रा, अल्ट्रा भायोलेट अटोमोटिभ, क्वान्टम इनर्जी, एलएमएल इमोशन्स र ब्लाइभ ३ ईभी एक्स्पोमा प्रदर्शनीमा राखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.