२०७९ माघ ८ गते १९:०५ विकासन्युज
काठमाडौं । तामाङ समुदायको मुख्य सांस्कृतिक पर्व सोनाम ल्होछार अर्थात् नयाँ वर्ष आज (आईतवार) विविध कार्यक्रम गरी मनाइएको छ । काठमाडौं लगायत देशभरका विभिन्न स्थानहरुमा सांस्कृतिक कार्यक्रम गरी ल्होछार मनाइएको हो ।
सो अवसरमा आज तामाङ समुदायका बालबालिका, किशोरकिशोरी र वृद्धवृद्धाहरू काठमाडौंको टुँडिखेलमा भेला भएर सोनाम ल्होछार मनाएका थिए । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार मञ्जुश्री पात्रोअनुसार आजबाट २८५९ औं वर्ष शुरु भएको छ ।
यससँगै बाघ वर्ष पूरा भइ बिरालो वर्ष प्रवेश गरेको मानिन्छ । मुसा, गाई, बाघ, बिरालो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.