२०७९ माघ १० गते १६:२१ विकासन्युज
काठमाडौं । जुम्लामा बिहान ५ बजेदेखि भारी हिमपात भइरहेको छ । हिमपातले जुम्ला सेताम्य भएको छ ।
हिउँ परेर हिउँदे बालीलाई राहत भएको स्थानीयवासीले बताएका छन् । लामो समय वर्षा र हिउँ नपर्दा खडेरीले बालीनाली सुकिसकेको थियो । भोकमरी हुने भन्दै किसान चिन्तामा थिए ।
गत असोजदेखि हिउँ नपरेको जुम्लामा हिउँ परेपछि बालबालिकाहरु हिउँमा खेल्दै रमाएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.