२०७९ माघ २३ गते ९:०३ विकासन्युज
काठमाडौं । टर्कीको दक्षिण–पूर्वी स्थित गाजीयान्टापमा शक्तिशाली भूकम्प गएको छ । सिरियासँगको सीमा नजिकै गएको उक्त भूकम्प ७.८ रेक्टरस्केल (म्याग्निच्युड मापन) गरिएको छ । अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा भूकम्प गएको हो ।
भूकम्पको धक्का राजधानी अङ्कारासहित टर्कीका अन्य विभिन्न सहरहरू र उक्त क्षेत्रभर महसुस भएको विवरणहरू प्राप्त भएको बीबीसीले जनाएको छ ।
कैयौँ भवनहरू भत्किएको र त्यहाँ केही मानिस फसेको हुनसक्ने विवरणहरू सार्वजनिक भइरहेका छन् । करिब १५ मिनेटपछि दोस्रो धक्का महसुस भएको थियो । थप विवरण आउन बाँकी रहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.