इनड्राइभरका १७ जना चालक कारबाहीमा

  २०७९ फागुन ५ गते ७:२८     विकासन्युज

काठमाडौं । प्रयोजन विपरीत शेयर राइडिङ सञ्चालन गर्ने २ पाङ्ग्रे १७ वटा सवारी साधन चालक कारबाहीमा परेका छन् ।

ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको जाँचका क्रममा नियम विपरीत राइडिङ गरेको पाइएपछि कारबाही गरिएको जानकारी दिएको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले नियम विपरीत शेयर राइडिङ गरेको पाइएकाले कारबाही गरिएको जानकारी दिए ।

‘कारबाहीमा परेकामध्ये अधिकांश इनड्राइभरका छन्, इनड्राइभर नेपालमा दर्ता बिना नै चलेकाले कारबाही गरिएको हो,’ उनले भने ।

निजी प्रयोजनका लागि दर्ता भई व्यावसायिकरूपमा सञ्चालन गरेको पाइएपछि कारबाही गरिएको उनको भनाइ छ । उनले गुनासो आएका आधारमा कारबाही गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.