२०७९ फागुन २९ गते १४:४९ विकासन्युज
काठमाडौं । उद्योगी तथा व्यवसायीहरुले सोमबार नेपाल राष्ट्र बैंक घेरेका छन् । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजबारे सम्बोधन नगरेको भन्दै उनीहरुले राषट्र बैंक घेरेका हुन् ।
उद्योगी व्यवसायीमाथि बैंकहरुले देखाइरहेका दादागिरी राष्ट्र बैंकले वास्ता नगरेको उनीहरुको आरोप छ ।
मौद्रिक नीति परिमार्जन गर्नुपर्ने, ब्याज दरमा स्थिरता कायम गर्नुपर्ने, चालु पुँजी निर्देशिका स्थगित गर्नुपर्ने जस्ता उनीहरुको माग छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.