२०७९ फागुन ३० गते १४:४९ विकासन्युज
काठमाडौं । नेपाल उद्योग वणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका छन् । महासंघको आगामी चैत २८ र २९ हुने साधारणसभा तथा निर्वाचनमा श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेवारी दिने घोषणा गरेका हुन् ।
उनले मुलुकभित्र नै व्यवसायिक वातावरण र लगानी सुरक्षाको वातावरण बनाउनको लागि आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेद्वारी दिने घोषणा गरेको बताए । ‘समय परिवर्तनशिल रहेकाले परिवर्तनशिल समयअनुकुल नीति निर्माण गर्नको लागि पनि मेरो उम्मेद्वारी दिएको हुँ,’ उनले भने ।
चीन र भारतको गतिमा व्यापारमा विकास नभए नेपाल उत्पादक मुलुक भन्दा पनि बजारका रुपमा मात्रै विकास हुने उनी बताउँछन् । ‘अबको चुनौति भनेको नयाँ व्यापार नीतिहरु ल्याउनु र संसक्त संगठन बिस्तार गर्नु हो, संगठन विस्तार गर्न मेरो २० वर्षको अनुभवले सहज हुनेछ,’ उनले भने ।
श्रेष्ठले पछिल्लो समय उद्योग वाणिज्य महासंघले साना व्यवसायीहरुका मुद्दालाई उठाएन भन्ने आरोप लाग्न नदिने बताए । उनले पहुँच भएर पनि प्रभाव पुग्न नसकेको भन्दै नयाँ नेतृत्व चयन पश्चात प्रभाव पु¥याउनेगरी काम गर्ने बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.