घरभाडा नतिरी सम्पर्कविहीन बनेपछि एक सहकारी संस्थाविरुद्ध महानगरपािलमा उजुरी

  २०७९ चैत २० गते ७:५१     विकासन्युज

काठमाडौं । घरभाडा नतिरी सम्फर्कमा आउन छाडेपछि काठमाडौं महानगरापलिकामा एक सहकारी संस्था विरुद्ध उजुरी परेको छ । सुनौलो दियालो बचत तथा ऋण सहकारी संस्थाले घरभाडा नतिरेपछि काठमाडौं महानगरपालिकामा होमल्याण्ड इन्भेष्टमेष्ट प्रालिद्धारा सञ्चालित कान्तिपुर मलले उजुरी दिएको हो ।

सहकारी संस्थाले २०७१ असारदेखि बहाल लगायतको रकम नतिरी सम्पर्कमा नै आउन छाडेको उजुरीमा उल्लेख गरिएको छ । मौखिक तथा लिखित रूपमा बहाल बुझाई पसल खाली गर्न अनुरोध गर्दा समेत अटेर गरेको उजुरीकर्ता होमल्याण्ड इन्भेष्टमेष्ट प्रालिद्धारा सञ्चालित कान्तिपुर मलले बताएको छ ।

सहकारी संस्थाले गोङ्गबु नयाँ बसपार्क भित्र रहेको कान्तिपुर महलस्थित ३०१ र ३०२ वटा कोठा भाडामा लिएको छ । सुनौलो दियालो बचत तथा ऋण सहकारी संस्थाको प्रधान कार्यालय काठमाडौंको इन्द्रचोकमा रहेको छ ।

काठमाडौं महानगरपालिका घर बहाल व्यवस्था निर्देशिका २०७९ को दफा २७ उपदफा ३ बमोजिम विपक्षीहरूलाई वडा नम्बर २६ वडा कार्यालयमा १५ दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.