साढे ४ अर्बमा बिक्री भयाे प्राइभेट इक्विटी फण्ड ‘अवसर’ले जारी गरेको इकाइ 

  २०७९ चैत २० गते १२:३१     विकासन्युज

काठमाडौं । प्राइभेट इक्विटी फण्ड अवसर इक्विटीले परिपत्र विधिबाट निष्कासन गरेको इकाइहरु बिक्री भएको छ । कोषले निष्कासन गरेका इकाइहरु ४ अर्ब ५० करोडभन्दा बढीको बिक्री भएको हो ।

इक्वीटी फण्डले गत फागुन १५ देखि चैत १५ गतेसम्म कोष व्यवस्थापक भएर इकाइ निष्कासन गरेको थियो ।

कोषले निष्कासन तथा बिक्रीमा सफलता पाउनुलाई नेपालको प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल व्यवसायको इतिहासमा एउटा महत्वपूर्ण कोसे ढुंगाको रूपमा लिएको जनाएको छ ।

कोषले विज्ञप्ती जारी गर्दै लगानीकर्ताहरुलाई उचित प्रतिफलसमेत प्रदान गर्नेगरी लगानी व्यवस्थापन गर्न कोष व्यवस्थापकले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाएको छ ।

अवसर इक्विटी सिद्धार्थ बैंक, कुमारी बैंक, सानिमा बैंक र नेपाल बैंक गरी चारवटा वाणिज्य बैंक तथा नेपालको वित्तिय क्षेत्रका व्यवसायीक व्यक्तिहरुले प्रवर्धन गरेको संस्था हो ।

संस्थाले निजी कोषहरुलाई उत्पादनशील क्षेत्रमा प्रयोग गर्ने र उद्यमशील इकोसिस्टमलाई सहयोग गर्ने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.