२०७९ चैत २२ गते १२:२३ विकासन्युज
काठमाडौं । नेपाल अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)का अध्यक्ष धुव्र थापाले महासंघलाई हाक्न अन्जन श्रेष्ठ नै चाहिने बताएका छन् ।
बुधबार नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको लागि अन्जन श्रेष्ठको उम्मेदवार र एजेण्डा घोषणा कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘चानचुने नेतृत्वले महासंघ हाक्न सक्दैन, अञ्जन श्रेष्ठ नै चाहिन्छ,’ उनले भने, ‘व्यवसाय कसरी गरिरहेको छ, व्यवसाय कसरी हाँकिरहेको छ भन्ने विषयमा जानकार हुनु पर्छ ।’
उनले अन्जन श्रेष्ठको नेतृत्व उचाइ भएको र सबैको भावना बुझ्न सक्ने बताए । व्यवसाय छाडेर सडकममा पुगेको व्यवसायीको समस्या समाधानको लागस श्रेष्ठ उपयुक्त उम्मेदवार भएको उनको भनाइ छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.