२०७९ चैत २२ गते १२:४१ विकासन्युज
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवारी अन्जन श्रेष्ठले व्यवसायीको समस्या समाधानको लागि आफुले उम्मेदवारी दिएको बताएका छन् । बुधबार उम्मेदवारी र एजेण्डा सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
व्यवसायीहरुको समस्या समाधान गर्नको लागि सबल नेतृत्व चाहिएको बताउँदै उनले वस्तुगत उपाध्यक्षमा रुपमाको रुपमा काम गरेको अनुभवले उम्मेदवारी बनाउन प्रेरित बनाएको बताए ।
यस्तै, उनले तरलताको समस्या समाधान गर्न प्रयास नगरिएको बताए । रेमिट्यान्सले मात्रै अर्थतन्त्रमा सुधार नल्याउने बताउँदै तत्काल ब्याज घटाउने विषयमा र तरलताको समस्या समाधानका लागि काम गर्न आवश्यक रहेको बताएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.