किसान लघुवित्तको लाभांशसँगै एफपीओ जारी गर्ने प्रस्ताव पारित, चुक्ता पुँजी ६४ करोड नाघ्ने

  २०७९ चैत २९ गते १२:१९     विकासन्युज

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाको प्रस्तावित ७.३६८४२ प्रतिशत लाभांश पारित भएको छ । काठमाडौंको बुढानिलकण्डमा सम्पन्न संस्थाको चौथो वार्षिक साधारण सभाले चुक्ता पुँजीको ७ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३६८४२ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

बोनस सेयर जारी पश्चात संस्थाको चुक्ता पुँजी ५० करोड ४३ लाख पुग्ने कम्पनीका अध्यक्ष लोकराज शर्माले बताए । सभाले थप सार्वजनिक सेयर (एफपीओ) निष्काशन गर्ने प्रस्तावलाई समेत सभाले सर्वसम्मतिले पारित गरेको छ । हाल कायम रहेको संस्थापक तथा सर्वसाधारण सेयरधनीहरुको सेयर स्वामित्वमा संशोधन गर्ने निर्णय गर्दै सभाले उक्त प्रस्तावलाई पारित गरेको हो ।

बोनस सेयर र थप सार्वजनिक निष्कासन पश्चात कम्पनीको चुक्ता पुँजी करिब ६४ करोड २३ लाख रुपैयाँ पुग्ने देखिन्छ । सो सभाले अन्य लघुवित्तसँग एक आपसमा गाभ्ने गाभिने कार्यका लागि बाटो खुला गर्न गाभ्ने गाभिने प्रस्तावलाई पनि पारित गरेको छ ।

धनगढी, कैलालीमा केन्द्रीय कार्यालय रहेको किसान लघुवित्त वित्तीय संस्थाको कर्पोट कार्यालय काठमाडौंको बुढानिलकण्ठमा रहेको छ । हाल कम्पनीले १३७ वटा शाखा मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ

कम्पनीको साधारण सभाले आर्थिक वर्ष ०७८/७९ को संचालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, २०७९ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत सोसँग सम्बन्धित अनुसूचीहरु, आर्थिक वर्ष ०७८/७९ का लागि लेखापरिक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.