महासंघको निर्वाचन : कति खस्यो मत ?

  २०७९ चैत २९ गते १४:४१     विकासन्युज

काठमाडौं । अहिले उद्योग वाणिज्य महासंघको मतदान जारी छ । प्रज्ञा भवन कमलादीमा जारी महासंघको निर्वाचनका अहिलेसम्म जिल्ला–नगरतफै ११८ मतदातामध्ये ३५ भोट खसेको छ । वस्तुगततर्फ १२३ मतदातामा ९७ मत खसेको छ भने १ हजार ७ सय ५० मतदाता रहेको एसोसिएटतर्फ ४ सय भोट खसेको छ ।

निर्वाचनले आगामी तीन वर्षका लागि वरिष्ठ उपाध्यक्षसहित कार्यकालका लागि नयाँ नेतृत्व चुँनिदैछ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने महासङघको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्व सम्हाल्दै छन् भने वरिष्ठ उपाध्यक्षका लागि रामचन्द्र संघई, अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच त्रिपक्षीय प्रतिष्पर्धा भइरहेको छ ।

संघई प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचन र एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ रहेका छन् । मतदान साँझ ४ बजेसम्म हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.